SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१९ गते
    ८२७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । भ्रष्टाचार गरेको रकम आफ्नी श्रीमती मधु कोइराला (ढंगाना) को नाममा राख्दै आएका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा (शुक्रबार) मुद्दा दायर गरेको छ । उपसचिव ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचार गरी कमाएको ४ करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँ जफत गर्ने मागदाबीसहित आयोगले ढुंगाना र उनकी श्रीमती मधुसहित आरोप पत्र दायर गरेको छ ।

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २०४९ देखि २०७५ सम्म आर्जन गरेको ७९ लाख ५४ हजा ७ सय ९५ को तुलनामा सोही अवधिमा गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख तीन हजार ३ सय ५६ रुपैयाँ देखिएको र निजले गरेको खर्च तथा लगानी ४ करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँको स्रोत खुल्न नआएका हुँदा उपसचिव ढुंगाना र उनकी श्रीमती मधुलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो दाबीसहित मुद्दा दर्ता गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं