SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ५५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थालाई सर्कुलर जारी गर्दै सीमा निर्धारण गरेको हो ।

    केन्द्रीय बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार डेबिट कार्डबाट प्रतिदिन १ लाख रुपैयाँ मात्र निकाल्न पाइनेछ । प्रतिकारोबार भने २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रिपेड कार्डबाट भने न्यूनतम ५ सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म दैनिक रूपमा निकाल्न पाइनेछ । बैंकहरूले प्रिपेड कार्ड जारी गर्दा एकपटकमा अधिकतम १ लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सकिने व्यवस्था गरिएको छ ।

    क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भए पनि ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न भने पाइने व्यवस्था गरिएको छ । क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बंैकमा जम्मा गरी समयावधिअगावै तोकिएको सीमासम्मको नगद झिक्न सकिने व्यवस्था मिलाइएको छ ।

    मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थाबाहेक मासिक २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्न भने पाइनेछैन । यसको सीमा यसअघि १ लाख रुपैयाँसम्म मात्रैको थियो ।

    मोबाइल बैंकिङ सेवाअन्तर्गत क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यसैअनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, इन्टरनेट बैंकिङको माध्यमबाट भुक्तानी कारोबार गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । मासिक रूपमा अधिकतम ३० लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न नपाइने राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।

    सो सर्कुलरका अनुसार इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने छ । तर, मासिक रूपमा अधिकतम ५० लाख रुपैयाँभन्दा बढीको ट्रान्सफर गर्न पाइनेछैन । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं