SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ९०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पछिल्लो दिनहरुमा लगातार जाडो बढ्दै गइरहेको छ । यो बीचमा आगामी तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिवारसम्म मौसम बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार अहिले पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । त्यस्तो हिमपात शुक्रवार र शनिवार पनि जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, ‘अहिले पश्चिमी क्षेत्रमा मौसम बदली रहेको छ यो विस्तारै पूर्वतर्फ सर्छ । अहिले पनि पश्चिमका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपात भएको छ। बिहीवार रातिदेखि मध्य तथा पूर्व क्षेत्रमा पनि बदली हुने सम्भावना देखिन्छ।’ उनका अनुसार पश्चिमी वायु पूर्वतर्फ सर्दै विस्तारै नेपालबाहिर जाने गर्छ।

    काठमाडौं उपत्यकामा पनि बिहीवार रातिदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताए । उपत्यकाका केही स्थानमा दिउँसो हल्का वर्षा भएको छ । उनीहरूका अनुसार काठमाडौंमा न्यूनतम तापक्रममा खासै नघट्ने तर अधिकतम तापक्रम घट्ने सम्भावना रहेको छ ।प्रधानाङ्गका अनुसार बुधवार २.५ डिग्री सेल्सीअस रहेको काठमाडौंको न्यूनतम तापक्रम बिहीवार बढेर ४.५ डिग्री सेल्सीअस पुगेको छ । तर वर्षा भएपछि यसमा पनि केही कमी आउन सक्ने मौसमविद्हरू बताउँछन् । हिमपात र वर्षाका कारण चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता आपनाउन उनीहरूले सुझाव दिएका छन् । पश्चिमी वायुको प्रभाव तराईमा भने कम पर्ने प्रधानाङ्गले बताए ।

    ‘यो प्रणालीको असर पहाडी र हिमाली क्षेत्रमा धेरै देखिने भएकाले तराईमा शीतलहर चल्ने सम्भावना भने कम छ,’ उनले भने । विभागका अधिकारीहरूका अनुसार गत डिसेम्बर २८ तारिखमा काठमाण्डूमा यो जाडो मौसमकै सबैभन्दा धेरै चिसो भएको थियो । त्यस दिन काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सीअस रहेको थियो ।विभागले तापक्रम मापन गर्ने केन्द्रहरू राखेका स्थानमध्ये यो मौसममा सबैभन्दा कम तामक्रम जुम्लामा रेकर्ड गरिएको छ । गत डिसेम्बर १७ तारिखमा जुम्लामा न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सीअस रहेको थियो । बिहीवार भने जुम्लाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सीअस छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं