SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१६ गते
    ११५५ &#२३४६;&#२३३५;&#२३२५;

    झापामा सिन्दूर हाल्नेबेलामा हात नचल्दा विवाह भाडिँएको र चार लाख जरिवाना तिराइएको समाचार चर्चामा रहेका बेला एउटा यस्तै अर्को ‘छ फेरा’ घुमिसेकेपछि सातौं फेरा घुम्नै लाग्दा बेहुलीले विवाह अस्वीकार गरेको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।पहिलो घटना नेपालको भए पनि पछिल्लो घटना भने भारतको हो । जहाँ बेहुलीले सात फेरा लिनु अघि विवाह इन्कार गरेकी हुन् ।भारतको कानपुरस्थित सचेंडीको छीतेपुर गाउँ निवासी एक किशानकी छोरीको बिठूरको नारामऊ गाउका एक युवकसंग विवाह तय भएको थियो । बेहुलीको घरमा जन्तीका स्वागतका लागी बाहिर पटाका पट्याएर नाचगान चलिरहेको थियो ।

    तर अचानक बेहुलीले विवाह गर्न अस्वीकार गरीन् । तर उनलाई सम्झाई बुझाई विवाहका लागी मनाइयो । जन्ती आए विवाहको प्रकृयाहरु शुरुवात भयो । वैवाहिक प्रकृयाको अग्नी घुमेर सात फेरा लिने कार्यक्रम शुरु भयो ।बेहुलीले ६ फेरा लिएपछि ७ फेरा लिनुअघि विवाहका लागी पुनः अस्वीकार गरिन् । उनलाई फेरी सम्झाई बुझाई गर्न थालियो । तर उनले विवाह नगर्ने हठ त्यागिनन् । बेहुलीले विवाह गर्न नमाने पछि भब्य तयारीका बिचमा थालिएको विवाहको प्रकृया ठाउँको ठाउँ रोकिएको थियो ।

    बेहुलीले किन विवाह गर्न मानिनन् भनेर जस्ती गएका सबैले चासो दिए । अन्ततः प्रहरी बोलाइयो । प्रहरीले बेहुलीले विवाह गर्न नमान्नुको कारण बुझ्न खोज्यो । जब बेहुली विवाहका लागी अस्वीकार गर्नुको कारण बताइन्, तब बेहुलीको हठलाई धेरै स्रहाना गरे ।विवाहका विवाह मण्डप आउदै गर्दा अचानक जब बेहुलीले बेहुलाको उमेर आफुभन्दा बढि देखिन् तब उनले पहिलो पटक विवाहका लागी अस्किार गरीन् । तर आफन्तले सम्झाएपछि उनी विवाहका लागी तयार पनि भइन् । जब विवाहको प्रकृया शुरु भएको थियो । तर अग्नि साक्षी राखेर फेरा लिने बेलामा बेहुलीले अचानक ७ औं फेरा लिनुअघि कदम रोकिन्, कारण थियो बेहुला मदिरा पिएर विवाह मण्डपमा पुगेका थिए ।

    बेहुलीले घटनाबारे जानकारी लिन आएका प्रहरीलाई भनिन्, म भन्दा झण्डै दोब्बर उमेरको मानिससंग विवाह कसरी गरौं । आफन्तले सम्झाएपछि यो कुरा पनि मैले माने तर एक जड्याहासंग म कसरी विवाह गरौं । बेहुलीको यस्तो बयान पछि बेहुली पक्ष तथा प्रहरी पनि उनकै पक्षमा उभिए । अन्ततः विवाह भाँडियो । जन्ती खाली हात फर्किए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं