SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१६ गते
    ३८६४ &#२३४६;&#२३३५;&#२३२५;

    चितवनमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक गण्डकी गाउँपालिका-६, भुम्लीचोकका २५ बर्षीय सुदीप राना मगरको मृ,त्यु भएको छ भने सोही गाउँपालिका निवासी यात्रु दुर्गा थापा मगर गम्भीर घाइते भएका छन् । ना.३७प. ४९५४ नं को मोटरसाइकल राती सवा १२ बजे सौराहाबाट बाघमारा आउँदै गर्दा बाघमारा सामुदायिक बनको पर्खालमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटनामा घटनास्थलमै चालक राना मगरको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । घाइते थापा मगरको अहिले पुरानो मेडिकल कलेज, भरतपुर चितवनमा उपचार भइरहेको छ ।

    मकवानपुरमा यात्रुको जिवन तपाईकै हातमा छ भन्दै चालकलाई फुलमाला
    हेटौंडा, मकवानपुरमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका सुशीलसिंह राठौरले जिल्लामा सुरक्षा संगै विभिन्न अभियान सञ्चालन गरेका छन् । राठौरले मकवानपुरको हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने सुमोका चालकहरुलाई फुलमाला र टिका लगाएर यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन अनुरोध गर्दै शुभकामना दिए ।

    हेटौंडा उपमहानगर–१, चौकीटोलस्थित सडकखण्डमा प्रहरीले नै फुलमाला लगाएपछि सवारीका चालक दंङग थिए ।एक दशक देखी सवारी नियमको पुर्ण पालना गरी सवारी चलाउने चालक राधाकृष्ण थापा ‘राधेराधे’लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्मान गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौडा १ चौकीटोलमा रहेको सुमो काउण्टर स्थलमा आयोजना गरेको कार्यक्रममा जिप्रका मकवानपुरका प्रहरी उपरिक्षक एसपी सुशिलसिंह राठौरले थापालाई ढाका टोपी लगाइदिएर सम्मान गर्नु भएको हो ।राठौरले सवारी दुर्घटना न्युनिकरणको लागि चालकलाई सवारी सम्बन्धी सचेतना दिनु भएको थियो ।

    यात्रुको जिवन चालकको हातमा छ,तपाइलाई घर परिवारले कुरेर बसिरहेको छ भन्दै प्रहरीले चालकलाई ट्राफिक नियम पालना गर्न अनुरोध गरेको छ । साथै हेटौडा– कुलेखानी–काठमाण्डौ चल्ने टाटासुमोका चालकलाई यात्रुहरुलाई सुरक्षीत गन्तव्यमा पुर्याउन अनुरोध गर्दै शुभकामना समेत दिनुभयो ।प्रहरीले हिजो र आज गरी चौकीटोल, भैंसे र भिमफेदी प्रहरी चौकीमा करीब ५ सय टाटा सुमोहरुलाई रोकी सम्भावित दुर्घटनाबाट जोगिएर सवारी चलाउनु सचेत गराएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरी बिष्णु ढकालले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं