SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    १६४९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ – भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडेको टिमले नयाँ सिरियल “सक्किगोनि”निर्माण गर्ने भएका छन् ।पहिलो एपिसोडको सुरुवातमा पाँडे र जयन्तेले लुडो खेलिरहेको देखाइएको छ । त्यसमा पाँडेले बोलेको पहिलो डाइलग अर्थपूर्ण छ । माथि उक्लिसकेको आफ्नो गोटी साँपको मुखमा परेर तल झरेपछि उनी भन्छन्, ‘कत्रो रगत पसिना लगाएर माथि उकालेको, फेरि तलैबाट सुरु गर्नुपर्ने भयो ।’

    जिग्री(पाँडे अहिले ठीक यही अवस्थामा छन् । उनीहरुले सुरुवात गरेको भद्रगोलले निकै उचाई लियो र लोकप्रियता कमायो । तर, अहिले फेरि उनीहरु नयाँ प्रस्थानविन्दूमा आइपुगेका छन् । पहिलो एपिसोडबाट सुरु गर्नुपरेको छ । ‘सक्किगोनी’मा देखाइएको गाउँ नयाँ भए पनि पात्रहरु सबै पुरानै हुन् ।साथै यसअघि भद्रगोलबाट बाहिरिएका कलाकार सीपी पुडासैनी (धतुरे) र शंकर आचार्य (वरिष्ठे) ले पुनरागमन गरेका छन् । कलाकारहरुको भीड धेरै भएकाले पहिलो एपिसोडमा सबैले स्थान पाएनन् ।

    पहिलो एपिसोड पाँडे र धतुरेमाथि बढी केन्द्रित छ । साथै नयाँ कलाकार मुन्नी प्रियना आचार्य (मुन्नी) लाई पनि हाइलाइट गरिएको छ । भद्रगोलका पछिल्ला दुई एपिसोडमा मात्र अभिनय गरेकी मुन्नी सामाजिक सञ्जालमा चर्चित बनेकी थिइन् । उनले अबका एपिसोडहरुमा राम्रै स्थान पाउने संकेत देखिएको छ ।

    डेंगुको विषयवस्तुलाई हास्यास्पद ढंगले पेश गरेर कथालाई समसामयिक बनाउन खोजिएको छ ।यही टिमले बनाएका भद्रगोलका पछिल्ला एपिसोडहरु कमजोर स्कृप्टका कारण फितला हुँदै गएका थिए । ‘सक्किगोनी’ को पहिलो एपिसोडमा हेर्दा स्कृप्टमा मिहिनेत गरिएको देखिन्छ । धतुरेलाई पाँडेले चौतारीमा लगेर सुताइदिएको र बलेले सन्नी लियोनीको तस्वीरलाई माता भन्दै पूजा गरेका दृष्यहरु रमाइला छन् ।हेर्नुहोस थप भिडियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं