SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२९ गते
    ५५३ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर ।
    कृष्णनगर नगरपालिका १ छितुहनी जाने घाेरही पुलकाे शिलान्यास गरिएकाे छ ।  कृष्णनगर नगरपालिकाकाे ढाई कराेड लागतमा निर्माण हुँदै गरेका घाेरही नदिकाे साे पुल अारटियाे सडकलाई कृष्णनगर-चन्द्राैटा फाेरलेन सडककाे सम्पर्क हुने छितुनी ,सिसहनिया लगायत अाधा दर्जन गाउंका सर्वसधारणलाई नगरपालिका केन्द्रसंग जाेड्ने नगर प्रमख रजत प्रताप शाहले बताउनुभएको छ। साे पुल शिवानगरमा स्थिति श्रीदेवी माध्यमिक विद्यालयसम्म पढ्न अाउने विद्यार्थीहरुलाई समेत सुविधा हुने नगरप्रमुख शाहले बताए ।

    अार्थिक बर्ष ०७५/०७६ काे याेजनामा पनि साे पुलका लागि दस लाख मात्र बजेट विनियाेजन गरिएकाे थियाे तर पुलकाे लम्बाई बढी भएकाेले बजेट अपुग देखियाे त्यसैले यस अार्थिक बर्षमा दुई कराेड अठचालीस लाख बजेट विनियोजन गरि साढे सात मिटर चाैडाई र एक्काईस मिटर लम्बाई भएकाे पुल निर्माण शुरु गरिएकाे याेजना अधिकृत प्रदीप चाैधरी जानकारी दिनुभएकाे छ ।

    पुल निर्माण भएपछि प्रदेश सरकारले निर्माण शुरु गरेकाे कृष्णनगर रंगशाला हुँदै छितुहनी, सिसहनिया लगायतका गाउंका सर्वसाधारणलाई कृष्णनगर पुग्न सजिलाे हुने स्थानिय राजकुमार नाउकाे भनाई छ ।

    लगभग पचास बर्ष भन्दा पहिला भारतकाे अानन्दनगरमा रहेकाे तत्कालीन गणेश चिनी मिलले बहादुरगंजदेखि छितुहनि शिवानगर हुँदै कृष्णनगरसम्म उखु ,काठ ढुवानीका लागि घाेरही नदीमा पुल निर्माण गरेकाे थियाे । तर धेरै दिनसम्म जीर्ण अवस्थामा रहेकाे र केही बर्ष पहिला बाढीले भत्केकाे साे पुल कृष्णनगर नगरपालिकाले प्राथमिकतामा राखेर निर्माण गर्न शुरु गरेकाे वडा १ अध्यक्ष तुंगनाथ चाैधरीले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं