SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२५ गते
    १०३७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमााडौं । खेलाडीहरुको अथक प्रयासले नेपाल १३औं सागमा दोस्रो हुन सफल भएको छ । नेपालले ५१ स्वर्णसहित जम्मा २०६ पदक जितेको छ । नेपालले यस पटक धेरै रेर्कड बनाएको छ । यो बीचमा सागमा विजेता खेलाडीहरुलाई सरकारी निवास बालुवाटार बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा आज खेलाडीहरुलाई सम्मान गर्नुभएको छ । उहाँले सम्मान गर्दै सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गर्नुभएको छ ।

    उहाँका अनुसार रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैयाँ दिइनेछ । कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिनुभयो । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र कास्य ९५ गरी कुल २०६ पदक जितेको छ ।

    सागमा नेपालले ऐतिहासिक नतिजा निकालेपछि प्रधानमन्त्रीले खेलाडीको हौसला बढाउँदै विशेष प्याकेज घोषणा गर्नुभएको हो । यता नेपाल तरुण दलले भने स्वर्ण जित्नेलाई २५ लाख, रजतलाई १५ र कास्यलाई १० लाख दिन माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं