SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२० गते
    ८९६ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत  ।
    गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मेला तथा महोत्सवहरुले पर्यटन वर्ष मनाउनका लागि इट्टा थप्ने वताएका छन् । विहिवार पर्वतको फलेवास नगरपालिका ६ देविस्थान माझिचौरमा आयोजित वृहत फलेवास मेलाको उद्घाटन गर्दैै मन्त्री गुरुङले यस्तो वताएका हुन् । देशमा राजनैतीक क्रान्तिको अन्त्य भैसकेको भन्दै आर्थिक क्रान्तिको वाटोमा सरकार अगाडी वढिरहेको वताए ।

    पर्यटनको प्रर्वद्धनवाट आर्थिक विकास सम्भव भएकोमा जोड दिँदै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले मनाउँदै गरेको आन्तरिक पर्यटन वर्ष र नेपाल सरकारले मनाउन गईरहेको पर्यटन वर्षलाई यस्ता महोत्सवहरुले वाह्य तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि गराई आर्थिक लाभ लिन सकिने वताए । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले फलेवासमा पहिलोपटक वृहत मेलाको आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै सवैलाई मेला सफल पार्न आग्रह समेत गरे । उद्घाटन हुनुपुर्व फलेवासको मौलिक पञ्चेवाजा ¥याली र झाँकीका साथ तेक्वान्दो र कराँतेको डेमो समेत प्रदर्शन गरिएको कार्यक्रममा फलेवासका गायक तथा सर्जक कस्तुप पन्त र सरोज साजन श्रेष्ठ लाई नगद र सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी फलेवास नगरपालिकाका अध्यक्ष पिताम्बर घिमिरे, नेपाली काँग्रेस फलेवास नगरपालिकाका सभापति हिरामणी सापकोटा, राष्ट्रिय जनमोर्चा फलेवास नगरपालिकाका संयोजक ईन्द्रकान्त भुसाल, जैमिनी नगरपालिका ५ बिनामारे बागलुङका वडाध्यक्ष गोपाल पौडेल, फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, देवीस्थानका वडाध्यक्ष भोलानाथ भुषाल, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय कुश्माकी राधिका दिदी र जनप्रिय प्रशासन क्याम्पस काठमाण्डौँका स्ववियू सभापति पंकज सुवेदीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । क्लबका अध्यक्ष अच्यूतकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहको संचालन कलाकार कृष्ण अखेलीले गरेका थिए भने स्वागत मन्तब्य सचिव अनुप श्रेष्ठले गरेका मेला प्रचारप्रसार संयोजक साजन परियारले जानकारी दिएका छन् ।

    यहि २९ गतेसम्म आयोजना गरिएको मेलामा १ सय ५० ओटा स्टल राखिएका छन् । मेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतीहरुसँगै हास्य प्रहसन पनि देखाइने भएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको छ ।

    स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका सचिव अनुप श्रेष्ठले वताए। मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने श्रेष्ठले बताउनुभयो । आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
    तस्विर : साजन परियार

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं