SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१९ गते
    १९६२ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । लोक, भजन, दोहोरी, गजल सालैजो जस्ता अनेक तरिकाका गितहरु गाउन सफल भएका नेपाली सांगितिक क्षेत्रका अब्वल गायक थानेश्बर गौतमले यी प्रकारका गितहरुपछि कमेडीमा पनि जम्न थालेका छन् । फरक फरक तरिकाका गित संगितले लाखौं लाख दर्शक श्रोताहरुको मनमुटुमा बस्न सफल रहेका गायक गौतमले यसपाली भने कमेडी शैलीको गित सिन्की मस्यौरा बजारमा लिएर आएका छन् ।।

    गौतमको नयाँ गीत बजारमा आएको केहि दिन मात्रै भएको छ तर गितको लोकप्रियताले आकाश छोएको छ । गएको साता मात्रैसार्वजनिक भएको सिन्की मस्यौरा बोलको गीतको भिडियो दर्शकलेअत्याधिक रुचाएका छन् र हजारौंले गितलाई हेरी सकेका पनि छन् । युटुबमा भन्दा गित धेरै रेडियो, टेलिभिजनहरुमा बजिरहेको छ ।

    यस गीतमा दुर्गा पौडेलको शव्द रहेको छ भने संगीत गायक थानेश्वर गौतमकै रहेको छ । हरि केसीको परिकल्पनामा तयार भएको यस गीतमा उदयराज पौडेलले एरेन्ज र किशोर थापाले मिक्सीङ गरेका छन् । यस गीतको भिडियोमा गायक गौतमसहित किशोर भण्डारी, रेश्मा तिमिल्सीना,गरिमा तिमिल्सीना, कुमार न्यौपाने र राधाकृष्ण सापकोटा लगायतका कलाकारको असभिनय रहेको छ । यस गीतको भिडियोलाई किशोर भण्डारीले निर्देशन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं