SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/११ गते
    ८२७ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर ।
    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर बाट सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर द्वारा अबैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म बाट खटिएको मोबाइल टोलीले चेक जांच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उक्त कपडा समातिएको हो।

    जस्मा लेडिज सुट, उनको सुइटर,चप्पल , जुत्ता, गलबन्दी र कास्मेटिक सामान रहेको छ। उक्त समान आवश्यक कार्यवाही का लागी कृष्णनगर भन्सार कार्यालय पठाइएको जानकारी सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर ले दिएको छ।

    उक्त समानको एक लाख छत्तीस हजार नौ सय पन्चान्ब्बे रु १,३६,९९५/-मुल्य पर्ने कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं