SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/९ गते
    ११५५ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

    समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना तथा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।

    कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रशासकीय अधिकृत दामोदर भण्डारीको प्रमुख आतिथ्य तथा दिप प्रज्व्लनको उद्घाटन गरिएको थियो कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका कार्यलय प्रमुख पुन्य गौतम,उधोग बाणिज्य संघ का अध्यक्ष,लाइन्स क्लबका अध्यक्ष दिनेश चन्द्र गुप्त , राष्ट्रीय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कुफी, प्रदेश नं ५ मदरसा संघ का उपाध्यक्ष मौलाना मसूद खां नेपाली विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो ।

    कार्यक्रमा शसस्त्र प्रहरी ,ट्राफिक प्रहरी र नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रम आफन्त नेपालका जिल्ला सयोजक केसर बिशवकर्माले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा पि.आर.सि का सयोजक भुमिराज भट्टराई ले स्वागत मन्तब्य राख्नु भएको थियो ।

    कार्यक्रममा,राजश्व कार्यलयका प्रमुख,लगएत विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न सयोजक केसर बिशकर्माले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं