SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/६ गते
    ७१८ &#२३४६;&#२३३५;&#२३२५;

    नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ– काठमाण्डु रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी पत्र (एमओयू) अनुसार केरुङ– काठमाण्डु रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारका क्रममा चिनियाँ टोली आउन लागेको हो ।

    चिनियाँ टोली मङ्गसिर ९ गते नेपाल आउने छन् भने १० गते काठमाण्डुमा नेपाली र चिनियाँ टोलीको विस्तृत बैठक बसी प्रस्तावित सो रेलमार्गको ‘डीपीआर’ निर्माणलगायतका विषयमा छलफल हुने छ ।

    महाशाखाका अनुसार नेसनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासकको नेतृत्वमा २० सदस्यीय उच्च स्तरीय टोली काठमाण्डु आउन लागेको हो । गोरखापत्रबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं