SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१ गते
    ५३७ &#२३४६;&#२३३५;&#२३२५;

    स्याङ्जा :- स्याङ्जा जिल्लास्थित वालिङ नगरपालिकाका युवाहरुले पर्यटकिय स्थल बाहुनथानमा झन्डै १२ फिट अग्लो नेपालको झण्डा फहराएका छन। स्याङ्जा जिल्लामा रहेको बाहुनथान पर्यटकिय सम्भावना रहेको एक रमाईलो गन्तव्य हो। पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै यसको संरक्षणमा जुटेका यूवाहरुद्वारा गत हप्तावाट सुरु गरिएको सरसफाई कार्यक्रमको दोस्रो श्रृङ्खला अन्तर्गतको सरसफाई कार्यक्रम पश्चात वाहुनथानमा झण्डा गाडिएको हो ।

    उक्त क्षेत्रको गत हप्ताको सरसफाई कार्यक्रम सफल पार्नको लागि धेरै संघसंस्थाहरु तथा बिद्दालयले समेत सहयोग गरेका थिए। कार्यक्रममा द वण्डरफुल वालिङ र बाहुनथान पर्या पर्यटकीय उद्यानको आयोजना तथा वालिङ जेसिज, दारी ग्याङ स्याङ्जा, रोटरी क्लब अफ वालिङ,साईन भिलेज ईन्टरनेशनल एकेडेमी वालिङ, नवजागृति युवाक्लब र त्रिनेत्र युवाक्लब वालिङको सहभागीता रहेको थियो।

    बाहुनथान क्षेत्रको संरक्षण तथा प्रर्वद्धन गरी पर्यटकको आकर्षण बढाउने उद्येश्यले अभियान शुरु गरिएको द वण्डरफुल वालिङका अध्यक्ष आशिषप्रताप खाँणले जानकारी दिए । उक्त ठाँउमा रहेका सिसाजन्य वस्तु, प्लाष्टिक जन्य फोहोर र कुहिने फोहोर समेत छुट्याएर फोहोरहरु वालिङ सरसफाई केन्द्रमा लगिएको छ ।

    १२ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहरिए पछि यस क्षेत्रको महत्व अझै बलियो भएको दारी ग्याङका सदस्य भिमराज लामिछानेले जानकारी दिए ।लमिछानेले भने; ” पर्यटकीय स्थलको संरक्षण र पिङ्क सिटी अबलोकन गर्न सकिने महत्वपूर्ण स्थलमा फहराएको राष्ट्रिय झण्डाले त्यहाँ अबलोकन गने पर्यटकलाई आफ्नो राष्ट्र भाव बढ्दछ ।”

    आन्तरिक पर्यटकको रोजाईमा परेको बाहुनथान वालिङ बजारबाट करिब २ किलोमिटर ग्रामिण कच्ची सडक मार्फत पुग्न सकिन्छ । ।बाहुनथानलाई स्याङ्जा जिल्लाकै एक प्रमुख पर्यटकिय गन्तब्य स्थलको रुपमा स्थापित गर्ने उद्देश्यले संघ संस्थाहरु लागिपरेका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं