SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२७ गते
    १४२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वर्तमान मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे आन्तरिक सहमति भैसकेको छ । तर, यो विषयलाई गोप्य राखिएको छ । सम्भवतः मंसिर पहिलो साताभित्रै मन्त्रिमण्डल पूनर्गठन गरिसकिने नेकपानिकट उच्च स्रोतले जनाएको छ। बंगलादेशका राष्टपति अहिले नेपाल भ्रमणमा छन् ।

    उनको भ्रमण सकिएलगत्तै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालसँग अन्तिम छलफल गरेर सबै मन्त्रीहरुलाई हटाउने भएका छन् । तर, नयाँ बन्ने मन्त्रिमण्डलमा भने जिम्मेवारी हेरफेरसहित पूनः समावेश गराउने ओली र दाहालको तयारी छ ।

    उता, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि छिट्टै मन्त्रिमण्डल हेरफेर हुने स्पष्ट पारेका छन् । हिजो बसेको सचिवालय बैठकमा यसबारेमा कुनै छलफल नभएको बताएका प्रवक्ता श्रेष्ठले आज भने यसबारेमा नयाँ खुलासा गरेका छन् ।

    पार्टी प्रशिक्षण कार्यक्रमका लागि सिन्धुली पुगेका उनले अध्यक्षद्धयको बीचमा अहिलेका मन्त्रीहरु हटाउने विषयमा सहमति भैसकेको जानकारी दिए ।उनकाअनुसार सकेसम्म चाँडै मन्त्रीहरुको हेरफेर हुनेछन् । मन्त्रीहरु हटाउने तयारी भैसकेको भएपनि अहिलेसम्म यो निर्णय बाहिर नल्याउनुको कारण भने उनले यसरी खुलाए,‘राम्रो काम गर्नेको मनोवलमा निरासापना नआहोस् भनेर सार्वजनिक नगरिएको हो। तर, छिट्टै नै मन्त्रिमण्डल हेरफेर हुन्छ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं