SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/७ गते
    १२५२ &#२३४६;&#२३३५;&#२३२५;

    गीतकार सुमन श्रापितको शब्दरचना, बी. बी. अनुरागीको सङ्गीत तथा बी. बी. अनुरागी र तुलसी क्षेत्रीको स्वरमा रहेको देउसी गीत ‘तिहारको रमझम’ को भिडियो सार्वजनिक भएको छ l

    गीतका सङ्गीतकार समेत रहेका बी. बी. अनुरागीको निर्देशनमा छायाङ्कन भएको यस भिडियोको कोरियोग्राफी होम गुरुङले गरेका हुन् भने भिडियोमा सङ्गीता, सुमिन, नितु लगायतका कलाकारहरुलाई देख्न सकिन्छ l जीसी इन्टरटेनमेन्टको पोष्ट प्रोडक्सनमा निर्मित यो भिडियो GC Entertainment Nepal नामक युट्युब च्यानलबाटै भरखरै सार्वजनिक भएको छ l पोखरामा शुटिङ भएको यो भिडियो गणेश सापकोटाले छायाङ्कन गरेका हुन् भने सम्पादन सुवास अम्गाईको रहेको छ l

    गीतमा लोकप्रिय पोखरेली सर्जक सुमन श्रापितले परम्परालाई कायम राख्दै आधुनिकतासँगै बदलिँदो देउसी शैलीको वर्णन गरेका छन् l मौलिक र फरक चिन्तन महसुस गर्न सकिने यस गीतमा उनले बाउबाजेको पाला र अहिले छोरानातिको पालामा आएका भिन्नताहरुको विविध कोणबाट चर्चा गरेका छन् l आकर्षक नृत्य सहित आएको यस देउसी गीतको भिडियोमा गीतकार श्रापित, गायक तथा सङ्गीतकार बी. बी. अनुरागी, गायिका तुलसी लगायत पोखराबासी अन्य व्यक्तिहरुलाई समेत देख्न सकिन्छ l

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं