SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/५ गते
    ६६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गायक दुर्गेश थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत युट्युबाट हटाएका छन् । उनको गीतले समाजमा विकृति फैल्याउन मद्दत गरेको भन्द्र प्रहरीमा उजुरी परेपछि उनले गीत हटाएका हुन् । आफ्नै युट्युब च्यानलबाट अपलोड गरेको गीत अहिले दुर्गेशको च्यानलबाट हटाइसकिएको छ । उजुरी परेपछि दुर्गेशलाई आज मध्यान्ह प्रहरीले पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट उनलाई पक्राउ गरेको थियो । यसअघि आज विहान उनले गीतमा रहेका केही शब्द र सिन हटाएर राख्ने अथवा पूरै हटाउने त्यसबारे आफूले सल्लाह गरिरहेको बताएका थिए ।

    उनले आफ्नो च्यानलबाट गीत हटाए पनि उनको अनुमति विना विभिन्न व्यक्तिले राखेका उक्त गीतको भिडियो भने युट्युबमा भेटिन्छ । उनले काम गर्ने क्रममा केही गल्ती भएको स्वीकार गरेका थिए । उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियर सँगै गाँजा लगायत शब्द समेटिएपछि सामाजिक मूल्य मान्यता विपरितको गीत भन्दै चर्को आलोचना हुँदै आएको थियो ।

    तीजमा उनले निकालेको ‘बीच्च बीचमा’ बोलको गीत लोकप्रिय भएको थियो । उक्त गीत लोकप्रिय भएपछि अहिले प्रदर्शनमा रहेको चलचित्र ‘छ माया छपक्कै’ले सोही लय र शैलीमा प्रचारका लागि दुर्गेशलाई गीत र भिडियो बनाउन लगाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं