SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२ गते
    १८२२ &#२३४६;&#२३३५;&#२३२५;

    धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ ।तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन । १) तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस । कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ । त्यसैले परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ ।

    २) जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।३) क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस । समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस ।४) एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस । घर वा बच्चाको पढाईको लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।

    ५) कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपारीं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस । यो कदापी लगानी हुन सक्दैन । यो बाट बाच्नुहोस ।६) यो पक्कै गर्नुहोस हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहास । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।

    ७) तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस । ८) चुरोट, राक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत गर्नुहोस । जुन तपाईंको भविष्यको आवश्यकतामा काम आउछ ।

    ९) कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस ।
    Emechi.com बाट ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं