SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१८ गते
    ८३४ &#२३४६;&#२३३५;&#२३२५;

    प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन् । ‘हामी कोहीसँग झुक्दैनौं, कतै ढल्कँदैनौं,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने, ‘नेपाललाई भूपरिवेष्टितबाट भूजडित, जलजडित, हवाईजडित र सञ्चारजडित बनाउन लागेका छौं ।’ प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरेका छन् ।

    राष्ट्रपति सी आगामी २५ गते नेपाल आउने भनिए पनि कार्यतालिका बाहिर ल्याइएको छैन । भ्रमणको तयारी भने तीव्र रूपमा छ । सडक मर्मतदेखि सुरक्षा समन्वयसम्मको तयारी भएका छन् । दुईपक्षीय वार्तामा नेपालले राख्ने प्रस्तावबारे पनि छलफल जारी छ ।

    प्रधानमन्त्री ओलीले चीनसँग आफूले मित्रता अभिवृद्धिमा जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने स्पष्ट पारे । चीनका राष्ट्रपति सीको भेटघाटमा सरकार र जनस्तरको सम्बन्ध अभिवृद्धि हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘भ्रमणले पक्कै प्रतिफल प्राप्त होला । तर सपिङ लिस्ट बनाएर कुरा हुँदैन । मित्रताको मूल्य सर्वाधिक हुन्छ ।’

    चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने पनि प्रधानमन्त्रीले बताएको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओलीले सीको भ्रमणको तिथि नतोकी छिट्टै हुनेमात्र बताए । नेकपाका अध्यक्षसमेत रहेका ओलीले चिनियाँ कम्युनिस्ट पार्टीसगँ सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’ मा गयो भनेर बदनाम गर्ने प्रयास भइरहेको बताए । केही समयअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ ताओले नेकपाका शीर्ष नेताहरूलाई प्रशिक्षण दिएका थिए । सो क्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच ६ बुँदे सहमति भएको थियो । अन्नपूर्ण पोस्टबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं