SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१४ गते
    १२९६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत,।
    प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने मुल नाराका साथ संचालित कामना सेवा विकास बैक र कुश्मा नगरपालिका ६ पर्वतमा रहेको शान्ति दिप हस्पिटल प्रा.लि. विच यमओयु सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फवाट गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला तथा हस्पिटलको तर्फवाट हस्पिटलका अध्यक्ष डा. उमेश कुमार मण्डलले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार बैंक का ग्राहक तथा कर्मचारी हरुले सम्पुर्ण सेवामा १० तथा औषधिमा ५ प्रतिसत सम्म छुट पाउने ब्यवस्था रहेको छ ।

    बैंक तथा हस्पिटल संगको सहकार्य वाट दुवै पक्षलाई फाईदा पुग्नेहुदाँ सहकार्य दिगो रहने बैंकका गण्डकी प्रदेश प्रखुख टुवराज बास्तोलाले वताउनुभयो । बैकले अन्य सहरका ठुला ठुला हस्पिटल संग समेत सहकार्य गर्दै आएको छ देशभर ९९ शाखा संजाल तथा ४५ ए टी यम काउन्टर वाट सेवा प्रदान गर्दै आएको वैक को यस आर्थिक वर्षमा २५ शाखा थप गर्ने लक्ष्य रहेको वास्तोलाले वताउनु भयो । बैक ले स्वणीम सुरक्षीत खाता मार्फत सेवाग्राहीलाई ८ लाख सम्मको विमा सुविधा प्रदान गर्दै आएको वताइएको छ ।

    बैंक को कुश्मा शाखाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन शाखाका सम्वन्ध प्रवन्धक किसोर तिमील्सीना तथा स्वागत शाखा प्रवन्धक टंकनाथ लामिछाने ले गर्नुभएको थियो । विभिन्न संध सस्थाका पदाधिकारी को उपस्थितीमा बैक र हस्पिटल विच सम्झौता भएको हो । बैकले धौलागीरी क्षेत्रका अन्य अस्पताल संग समेत सहकार्य गर्दै सेवा ग्राहीलाई सेवा दिनेतयारीमा रहेको प्रवन्धक लामिछाने ले वताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं