SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३० गते
    १६७४ &#२३४६;&#२३३५;&#२३२५;

    क. प्रचण्डले सधै भन्दै आएको कुरा अहिले पुष्टि हुदैछ । सतर्क रहौ, क्रान्ति पछि पक्कै पनि प्रतिक्रान्ति निश्चित नै हुनेछ ।

    त्यहि प्रतिक्रान्ति स्वरुप ज्ञानेन्द्र शाही लगायतका टट्टुहरुले जनतामा निराशा छरेर ,राजनैतिक दल र नेताहरुप्रतीको भरोसा खुइल्याएर राजनैतिक संरचना फेरि मण्डले ज्ञानेन्द्र शाहलाई कार्यकारी बनाइ राजतन्तत्रिय शाशन फर्काउने दिवा दाउ खेलिरहेका अहिले छरपस्ट देखिन्छ । त्यसको अर्को एक उदाहरण हो शिव सेना नेपालले ज्ञानेन्द्र शाहिको कुम थमाइ बामे सराएको ।

    तर होशियार गणतन्त्र एत्तिकै स्थापना भएको होइन ,हजारौंको बलिदानी र लाखौको योगदानबाट निर्मित जनताको ब्यवस्थामा कोहि तानाशाहहरुले भत्क्याउछौ भन्ने दिवा सपना देख्छ भने त्यसको मुल्य गम्भीर हुनेछ ।

    अहिले गणतन्त्रको रक्षाको बेला आएको छ । प्रतिक्रियावादी शक्तिहरु विभिन्न माध्यमबाट सलबलाउन थालिसकेका छन । हाम्रो एक पुस्ताले जनयुद्ध लगाएतका आन्दोलन लडे ,गणतन्त्र ,धर्म निरपेक्षता ,संघीयता,समावेशी तथा समानुपातिक ब्यवस्था स्थापना गरे र अब हाम्रो पुस्तामा यी लगायतका उपलब्धिहरुको रक्षाको जिम्मेवारी आएको छ । अबको आन्दोलन उपलब्धिहरुको रक्षाको आन्दोलन हुनेछ । प्रतिक्रियावादिहरु विरुद्धको आन्दोलन हुनेछ ।

    र मेरो आग्रह हाम्रो अथक रक्षाका प्रयासहरु तबमात्र सम्भव हुनेछन जब हाम्रो अहिलेको विभिन्न तहका नेतृत्व र कार्यकर्ताहरुले जनतामा निराशा उत्पन्न हुने क्रियाकलाप जस्तै भ्रष्टाचार ,बेथिती लगायतका प्रसङ्गहरुमा सुन्यसहनशिलता अपनाइ आम गाउँ देखि सहरका जनताको मनमनमा बस्न बस्न सक्नु । र सरकारका हरेक क्रियाकलापहरुलाइ गाउँगाउँमा बिना बिचौलिया जनताकामाझ सकुशल पुर्याउनु र कहिकतै हाम्रै नेतृत्वमा भ्रस्टाचार,बेथिति छ भने त्यसको कानुनी उपचार खोजि सुशासन कायम राखे मात्र हाम्रो क्रान्ति अघि बढ्ने छ होइन भने प्रतिक्रियावादी शक्तिहरु हावी भै हामीलाई नै निस्तेज पार्ने छ्न ।

    जनताले परिवर्तन खोज्छन ,जनताकै बलिदानिले अहिलेसम्मका राजनैतिक परिवर्तनहरु सफल भए , अब जनताले आफ्नो जीवन स्तरमा परिवर्तन खोजिरहेका छन ,नेकपा सरकारले जनताको जिवनस्तरमा परिवर्तन ल्याउन सक्नु पर्छ,त्यसका आधारहरू निमार्ण गर्नुपर्छ र बिना आधारका प्रशङ्गहरुले जनतामा निराशा मात्र छर्ने,अपुस्ट खबरले जनता भड्काउनेहरु सङ्गै अभियानको नाममा मण्डलेहरु भित्राउने खेलहरुलाई निस्तेज पार्न कदम पनि चाल्नु पर्दछ ।

    भण्डारी अनेरास्ववियू त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता हुन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं