SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२८ गते
    ५०० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, ।
    प्रकृति मानव केन्द्रित जनअभियानले संगठन विस्तार अगाडि बढाएको जनाएको छ । विभिन्न जिल्लामा कार्यसमिति गठन गर्ने क्रममा गण्डकी प्रदेशका तनहूँ र गोर्खामा संस्थाको नयाँ तर्दथ समिति गठन भएका छन् ।

    तनहूँको पूरानो व्यापारिक केन्द्र विमलनगरमा हालै सम्पन्न एक भेलाले प्रेम दरैको अध्यक्षतामाा एघार सदस्यीय जिल्ला सम्मेलन तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सीता थापा, सचिवमा दल बहादुर पुन, सहसचिवमा सीता गुरुङ, कोषाध्यक्षमा सुभद्रा श्रेष्ठ चयन भएका छन् । त्यसैगरी तदर्थ समितिको सदस्यहरुमा नर बहादुर पुन, डिल कुमारी पुन, लिल गुरुङ, अमर शाही, बासना कुमारी थापा चयन भएका छन् ।

    भेलाको उद्दघाटन गर्दै बन्दीपुर गाउँ पालिकाका अध्यक्ष पूर्ण सिंह थापाले आफ्ना भान्छा कोठाबाट नै अग्र्यानिक खाना पकाएर अभियानमा सरिक हुनु पर्ने बताएका थिए । बिषादी खानाले गर्दा नै मानवमा नकारात्मक प्रवृति हाबी भएको भन्दै अध्यक्ष थापाले चिन्ता समेत प्रकट गरेका थिए । सो भेलालाई संस्थाका निवर्तमान महासचिव शिवराज आचार्यले सहजीकरण गरेका थिए । भेलालाई सोही संस्थाका कास्की अध्यक्ष एवम् केन्द्रीय कला,

    संस्कृति विभाग प्रमुख तिलक पुन, पुन मगर समाजका केन्द्रीय सदस्य दल बहादुर पुन, होम स्टे महासंघकी केन्द्रीय उपाध्यक्ष दिलमाया राना लगायतले सम्बोधन गरेका थिए । संस्थाका निर्वतमान केन्द्रीय अध्यक्ष सन्त बहादुर घिसिङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बबिता थापा र स्वागत सीता थापाले गरेका थिए ।

    त्यसैगरी जनअभियानको गोर्खामा सम्पन्न जिल्ला भेलाले प्रेम ध्वज थापा मगरको संयोजकत्वमा सात सदस्यीय जिल्ला सम्मेलन संयोजन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नारायणकाजी थापा, सुनीता थापा, रबिता बराम, गोपाल गुरुङ, राजेस श्रेष्ठ, एम बहादुर बसेल छन् । गोर्खाको जिल्ला भेलालाई संस्थाका पूर्वकेन्द्रीय अध्यक्ष उत्तम कंडेल, निवर्तमान महासचिब शिवराज आचार्य, केन्द्रीय कला संस्कृति विभाग प्रमुख तथा कास्की अध्यक्ष तिलक पुन समेतले सम्बोधन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं