SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२१ गते
    १३२८ &#२३४६;&#२३३५;&#२३२५;

    लेखनाथ ।
    गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सरकार सञ्चालनको क्रममा भएका सामान्य कमजोरीलाई देखाएर संघियतानै गलत हो भन्नु सहि नहुने बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्यसंघको २३औं वार्षिक साधारण सभा तथा १२औं महाधिवेशनको अबसरमा शुक्राबार बोल्दै सभापति कोइरालाले सो कुरा बताउनु भएको हो । कुनै स्थानीय तहको सरकारले आफुलाई पनि कर लगाउने अधिकार भएको भन्दै नजानेर खसी बोका , सागमा कर लगाएको विषयलाई देखाएर सघियतानै गलत हो भन्न नहुने बताउनु भयो ।

    हम्रोमा संघियताको अभ्यास नयाँ भएकोले सवैलाई बानीपर्न केहि समय लाग्न उहाँको भनाई थियो । महानगरले लेखनाथ क्षेत्रलाई विशेषरुपमा हेर्नुपर्ने कोइरालाको जोड छ । लेखनाथलाई गाभेर देशकै ठुलो महागर पोखरा महानगर बनाई सकेकोले अब फेरि छुट्टै नगरपालिका बनाउछौ भन्दा त्यति सान्दर्भिकता नहुने बताउनु भयो ।

    कार्यक्रममा गण्डकी प्रदेशकासांसद विन्दु कुमार थापा र नेपाल उद्योग बाणिज्यसंघका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले लेखनाथलाई छुट्टै नगरपालिका बनाउन लेखनाथबासी लाग्नु पर्ने बताएपछि सभापति कोइरालाले सो कुरा बताउनु भएको हो । कोइरालाले सडक सञ्जाल मार्फत लेखनाथलाई केन्द्र बनाउने गरि काम भइरहेको बताउनु भयो । प्रदेश सरकार कर बढाउने भन्दापनि करको दायरा बढाउनु पर्छ भन्ने पक्षमा रहेको रहेकोले ब्यावसायीलाई ढुक्क भएर उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो ।

    नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकार कर्मचारीले चलाएको आरोप लगाउनु भयो । उहाँले कर्मचारीले गलत कानुन बनाएर जनताको पक्षमा काम गर्न कर्मचारीले नदिएको बताउनु भयो । कार्यक्रममा अर्का उपाध्यक्ष चन्द्र प्रसाद ढकाल , उद्योग वाणिज्यसंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव वहादुर कोइराला कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसी , पोखरा उद्योग वाणिज्यसंघका अध्यक्ष दामु अधिकारी, लेखनाथ उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष सुमनमोहन भट्टराई, समाजसेवी वुद्धिमाया थापा लगायतले बोल्नु भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्यसंघका अध्यक्ष कृष्णहरि भण्डारीले लेखनाथ उद्योगबाणिज्यसंघ देशकै उत्कृष्ट बन्न सफल भएको भन्दै आगामि दीनमा पनि सवैको साथ र सहयोगको अपेक्षा गर्नु भयो ।

    सर्वसहमत रुपमा नयाँ कार्यसमिति गठन भएको भन्दै कार्यक्रममा बोल्ने बक्ताहरुले लेखनाथबासी र उद्योग वाणिज्यसंघको प्रसंसा गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव भरतराज अधिकारीले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन निर्वतमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं