SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/९ गते
    २१६८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै उहाँको परिवारले यस्तो सहयोगको याचना गरेको हा । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन ।

    ४२ वर्षिय विष्णू परियार ३ वर्ष मलेशिया वसेर फर्केका थिए । सामान्य प्रेसरका विरामी परियारलाई एक्कासी दूवै मृगौला फेल भएको थियो । उनका २ वटा वच्चा रहेका छन भने आर्थिक अवस्था धेरै नै नाजूक रहेको छ । हप्तामा ३ पटक डायलसीस गर्नु पर्ने, ३ हजार वरावरको ईन्जेक्सन लगाउनू पर्ने भएका कारण पनि आर्थिक अभाव भएको छ । उनको हाल टिचिङ हस्पीटल काठमाडौमा उपचार भईरहेको छ ।

    नेपाल सरकारवाट डायलसीसका लागी निशुल्क व्यवस्था भएता पनि समयमा पालो नपाउदा अन्य प्राईभेट अस्पतालमा डायलसीस गर्नुपर्ने अवस्था रहेको श्रीमती लक्ष्मी परियारले वताईन । श्रीमती परियारले कुश्मामा ट्रेलरिङ पेशा गर्दै आइरहेकी छिन । सवैले केहि न केहि आर्थिक सहयोग गरेमा श्रीमानले पुर्न जीवन पाउने उनी बताउँछन ।

    शुरुमा परियारकी आमाले मुगौला दान गर्ने बताए पनि पछि आमाले मृगौला दिन इकार गरे पछि परियार थप समस्यामा छन । आमाले मृगौला दिन नमानेपछि श्रीमति आफैले मृगौला दिएर भएपनि श्रीमान बचाउने बताएकी छिन । मृगौला प्रत्यारोपणको क्रममा रहेको परियारको परिवारलाई सवैले आर्थिक सहयोग गरेमा उनले नयाँ जीवन पाउनेछन ।

    कृपया उहाँलाई सहयोग गर्न चाहानेले यो सम्पर्कमा सहयोग गरीदिनुहोला ।।
    गण्डकी बिकास बैक शाखा पर्वत
    नाम : लक्ष्मी परियार
    खाता नम्बर : 00701700029421000001

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं