SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/८ गते
    ११६४ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतित स्याङ्जा:-
    स्याङजाको गल्याङ बजारमा रहेको गल्याङ एफ.एम ९२. २ मेगाहर्जको प्रथम अधिवेसन तथा दोस्रो साधारणसभा सम्पन्न भएको छ । गल्याङ सञ्चार प्रालिद्धारा सञ्चालित गल्याङ एफ.एम ९२. २ मेगाहर्जको दोस्रो साधारणसभा तथा प्रथम अधिवेसन मगरभवन लेमभित्तामा सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले एफ.एमले नगरलाई समृद्ध बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । “संस्था नाफामुखी भन्दा पनि चेतनामुखी हुनुपर्छ ।” उहाँले भन्नुभयो, “मिडियालाई आधुनिकरण गर्न पनि उत्तिकै जरुरी छ ।” “चेतना नभए समाज परिवर्तन हुँदैन, अधिकारीले थप्नुभयो, एफ.एमले समाज चेतनाको माध्यामबाट समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्छ ।”

    गल्याङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डेले गल्याङ एफ.एमले सकारात्मक सत्य तथ्यमा आधारित सुचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सदस्य पुण्य भुषालले गाउँ गाउँमा सुचना प्रवाह गरी नगरलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष महेश भट्टराई, वडा नम्बर ४ का वडाअध्यक्ष नेत्र पाण्डेले रेडियोको विका र उन्नतीमा स्थानीय तह र जन प्रतिनिधिको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।

    त्यस्तै गल्याङ् उद्योगा वाणिज्य संघका अध्यक्ष लेखनाथ भट्टराईले गल्याङ् एफ.एमले गल्याङ्का व्यापारी व्यवसायीको प्रचार गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले एफ.एम र उद्योग वाणिज्य संघको नङ् र मासुको जस्तो सम्वन्ध हुनुपर्ने भन्दै एकआपसमा सहयोग आदानप्रदान गर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि महेन्द्र श्रेष्ठ, नेकपा गल्याङ नगर कमिटीका सदस्य छविलाल भुषालले जुनसुकै राजनितिकदलहरुले पनि रेडियोलाई माया गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गल्याङ सञ्चार प्रालिका अध्यक्ष श्याम प्रसाद बस्यालले अध्यक्षको प्रतिवेदन र प्रालिका कोषाध्यक्ष अर्जुनरानाभाटले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    गल्याङ सञ्चार प्रालिका अध्यक्ष श्याम प्रसाद बस्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भेमलाल अर्यालले र स्वागत उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीले गर्नुभएको थियो ।

    यसैबीच हिजो नै अधिवेसनले १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्षमा दुर्गा प्रसाद भण्डारी, उपाध्यक्षमा सुर्य प्रसाद चापागाई, सचिवमा भेमलाल अर्याल, कोषाध्यक्षमा खगेन्द्र प्रसाद भट्टराई रहनुभएको छ ।

    यस्तै सदस्यहरुमा महेश भट्टराई, लेखनाथ भट्टराई, यौँ बहादुर राना, गंगा प्रसाद श्रेष्ठ, शिवराज भण्डारी, अर्जुन रानाभाट, टोम प्रसाद भुसाल, सुर्य प्रसाद भट्टराई, हिमलाल भण्डारी, नेत्र प्रसाद पाण्डे र उमा श्रेष्ठ रहनुभएको छ ।

    जिल्लाको एक मात्र व्यवसायिक रेडियो गल्याङ एफ.एम ९२.२ मेगाहर्ज २०७० साल चैत २४ गते देखि सञ्चालनमा आएको थियो । गल्याङ सञ्चार प्रा.लिमा हाल ८२ जना सेयर सदस्य छन् । यस क्षेत्रको विकास र आम जनसमुदायको चाहना पुरा गर्ने अभियानमा जुटेको गल्याङ एफ.एमले चेतनामुलक, सन्देशमुलक र मनोरञ्जनात्मक कार्यक्रम संचालन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं