SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२ गते
    १८२१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अहिले चर्चामा रहेको पत्रकार शालिकराम पुडासैनी जीवनत्याग काण्ड थप गहिराइमा पुग्ने देखिएको छ । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा फेला परेका पुडासैनीको पोस्टमा’र्टम रिपोर्ट चितवन प्रहरीले पाएको छ ।

    तर, प्रहरीले रिपोर्टमा के छ भन्ने सार्वजनिक गर्न मानिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भन्नुभयो, ‘पोस्टमा’र्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन । हामी सबै प्रमाण जुटाउँदै छौँ । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ । अनुसन्धानपछि सबै तथ्य सार्वजनिक हुनेछ ।’

    गत साउन २० मा मृत भेटिएका पुडासैनीको २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमा’र्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो । पोस्टमा’र्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको हो ।

    पोस्टमा’र्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरी बताउँछ । नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनी पछिल्लो समय माउन्टेन टिभीमा गएका थिए । उनले एक वर्ष भन्दा लामो समय रवि लामिछानेको कार्यक्रम सिधा कुरा जनतासँग काम गरेका थिए ।

    यो बीचमा यो घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गर्ने भएको छ । सिआइबी प्रवक्ता एसपी दीपक रेग्मी चितवन पुग्नु भएको छ । एसपी रेग्मीसहित केही अधिकृत गरी पाँचजनाको टोली अनुसन्धानका लागि चितवन गएको हो । मृत्युसँग जोडिएका विविध पक्षहरूको सिआइबीले सूक्ष्म ढंगले अनुसन्धान गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं