SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२४ गते
    ५७५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    अजोड नन्लाईफ इन्स्योरेन्स प्राईभेट लिमीटेड शाखा कार्यलय कुस्माले कुस्मा नगरपालिका ११ पकुवामा किसानले लगाएको आलुमा छती भएपछी विमा दावीको रकम भुक्तानी गरेको छ । असिना पानीले आलु सखाप पारेपछी पकुवा पञ्चासे साझेदारी कृषी फर्मले क्षतीपुर्ती स्वरुप दावी भुक्तानी गरेको थियो ।

    पकुवा स्थित १५ रोपनी क्षेत्रफलमा लगाएको आलु गत जेष्ठ ९ गते परको असिना पानीले पुर्ण रुपमा क्षती पु¥याएको थियो । सवै आलु सखाप भएपछी कृषी फर्मले २ लाख ४४ हजार ८ सय रुपैँया केही समय अगाडी दावी गरेको थियो । फर्मको दावी अनुसार अजोडले शुक्रवार कुस्माको लोकतान्त्रिक चोकमा आफ्नै कार्यलयमा वोलाएर फर्मका सञ्चालक सदस्य जगन्नाथ पौडेल लाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेको हो ।

    चेक अजोड कुस्मा शाखा प्रमुख हरी सुवेदीले विमित पौडेल लाई हस्तान्त्रण गरेको अजोडका विक्रम ढुङ्गानले जानकारी दिएका छन् । चेक वुझ्दै पौडेलले आलु लाई असिनाले क्षती पु¥याएपनी वेलैमा विमा गरेकोले केही मात्रमा भएपनी राहत पाएको वताए ।

    पर्वतका कतिपय ठाउँका किसान लाई व्यवसायिक कृषीको वारेमा थाह छैन कृषी विमाको कुरा त परै छ तर पकुवाका व्यावसायिक कृषकले कृषी फर्म मार्फत नै व्यवसाय गर्दै आईरहेका छन् । कतिपय विमा कम्पनीहरुले विमित हरु लाई ठगीराखेको अवस्थामा अजोडले आफ्नै कार्यलयमा वोलाएर जोखिम वहन गर्नेहरु लाई पुरा रकम हस्तान्त्रण गदैै आएको शाखा प्रमुख सुवेदीको भनाई रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं