SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२१ गते
    ५०० &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    कुस्मा नगरपालिका १ पाङ इन्द्रवस्ती भन्दा माथी ततरकोट पत्थरखोला सिँचाई आयोजनाको काम लाई तिव्र रुपमा अगाडी वढाउन अनुरोध गरिएको छ । विकासे आयोजना अन्र्तगत क्रमागत रुपमा आर्थिक वर्ष २०७५— ०७६ अन्र्तगत केन्द्र सरकारको ८ लाख ४६ हजार र स्थानियको करिव ३० लाखको लागत स्टमेटमा निर्माणधिन सिँचाई आयोजना तोकिएकै मितीमा सम्पन्न हुने भएको हो ।

    ८१ हेक्टर भन्दा वढी जमिनमा सिँचाईको पहुँच पुग्ने गरी निर्माणधिन आयोजनाको अवलोकनको क्रममा समयमानै सम्पन्न गर्ने कुराको जानकारी गराईएको हो । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरी सहितको एक टोलीले उक्त आयोजनाको अवलोकन गरेको हो ।

    अवलोकनको क्रममा वोल्दै अध्यक्ष गिरीले निर्माणधिन आयोजना लाई प्रत्यक्ष निगरानीमा संगै पहिलो प्राथामिकतामा राखी समयमानै सम्पन्न गर्न आग्रह गरेका छन् । समृद्ध कुस्मा सुखी कुस्मावासीको अभियानमा सकृय युवानेता गिरीले नगरमा रफ्तार विकास र समृद्धी हुनुपर्ने कुरामा जोड दिँदै दीर्घकालिन योजनाका साथ नेकपा सरकार अगाडी वढिरहेको समेत वताए ।

    गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र प्रतिनिधी सभाका सांसद पदम गिरीको विशेष पहलमा उक्त आयोजना लाई अगाडी वढाईएको भन्दै निर्माण पश्चात मोहनी लाग्ने पाङमा कृषीमा नव क्रान्ति हुनेमा आँफू ढुक्क भएको समेत वताए । पाङमा मात्र नभएर समग्र कुस्माका हरेक वार्डहरुका विकासे आयोजना लाई समयमानै गुणस्तरिय रुपमा सम्पन्न गर्नका लागि आँफू हरपल निरिक्षण र अनुगमनमा रहेको समेत जानकारी गिरीले गराएका थिए ।

    अनुगमनको क्रममा स्थानिय संग वार्ड अध्यक्ष देवेन्द्र सुवेदीले पहिले पनी उक्त आयोजनामा वजेट पर्ने तर काम नहुने गरेकोमा दुख व्यक्त गर्दै तोकिएको समयमा स्टमेट अनुसार सम्पन्न गर्न निर्माण पक्ष लाई आग्रह गरे । अनुगमनमा पत्थर खोला सिँचाई आयोजनाका उपभोक्ता समितीका अध्यक्ष छवीराज सुवेदी, सिँचाई इन्जिनियर शिवराज थापा लगायत अन्य लक्षित स्थानिय उपभोक्ताको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं