
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तारुढ दलबीच गठबन्धन निश्चित भएको र मोटामोटी भागबण्डामा समेत सहमति जुटिसकेको बताइएको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली, कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टीबीच गठबन्धनको टुंगो लागेको हो ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये प्रत्यक्षतर्फ १९ सिटमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा संसद्को सबैभन्दा ठूला दलको हैसियतमा रहेको कांग्रेसले सबैभन्दा बढि सिट दाबी गरिरहेको छ । निर्वाचन हुने १९ सिटमध्ये १० सिटमा कांग्रेसको दाबी रहेको छ । त्यसैगरी, माओवादी केन्द्रले ५ सिट, नेकपा (एस) ले तीन सिट र जसपा, जनमत र नाउपाले १/१ सिटमा दाबी गरेका छन् । सबै दलहरुलाई मिलाएर लैजाँदा कांग्रेस र माओवादीले कम सिट पाउने निश्चित छ ।जसअन्तर्गत बागमतीमा ४, कर्णाली, सुदूरपश्चिम गण्डकीमा ३/३ कोशी प्रदेशमा २, मधेस प्रदेशमा २, लुम्बिनी प्रदेशमा २ सिटमा निर्वाचन हुँदैछ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनअघि गठबन्धन गर्न नहुने आवाज उठाउँदै आएका थिए । कांग्रेसबाट निर्वाचित भएका ४ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वयको उक्त आवाजमा बन्द गराउँदै गठबन्धनमार्फत नै राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । गठबन्धनमार्फत निर्वाचनमा सहभागी हुँदा सबैभन्दा बढि फाइदा आफूहरुलाई नै हुने भएपछि अन्ततः कांग्रेसले गठबन्धनको नीतिलाई निरन्तरता दिन लागेको हो ।
त्यस्तै, माओवादी केन्द्रबाट निर्वाचित भएका ३ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । तर, माओवादीले भने आसन्न निर्वाचनमा ५ सिट दाबी गरिरहेको छ । त्यस्तै, नेकपा (एस) बाट निर्वाचित दुईं जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिन लागेको भएपनि उसले ३ सिटमा दाबी गरिरहेको छ । जसपाबाट निर्वाचित एक र एक स्वतन्त्र निर्वाचित सांसदको पनि पदावधि सकिँदैछ । जसपाले रिक्त हुने एक सिटमा दाबी गर्ने निश्चित रहेको छ । साथै, लुम्बिनीमा पनि दाबी गर्ने तयारी रहेको जसपाका एक नेता बताउँछन् । त्यसैगरी, जनमत र नाउपाले पनि राष्ट्रिय सभामा १/१ सिटको दाबी गरिरहेका छन् ।
यसरी, सत्तारुढ छ दलले गठबन्धन गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने तयारी गरिरहँदा एमालेलाई भने पहिलेकै सिट जोगाउन मुश्किल हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका दलबीच कुनै नाटकीय परिवर्तन भएको खण्डमा बाहेक एमालेलाई यो राष्ट्रिय सभा निर्वाचन पनि चुनौतिपूर्ण हुने निश्चित छ । यसअघि २०७८ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका थिए । कोशी प्रदेशमा भने एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका थिए । शेर्पा विजयीसँगै एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया