SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२५ गते
    २२०० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पोखराबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४, आर्थरका दीपक बहादुर क्षेत्री रहेका छन् ।

    ३६ वर्षीय दर्जी ४ वर्षदेखि कतारमा रहेको र नेपाल आएको १ महिना मात्रै भएको प्रहरीले जनाएको छ । उनी हाल पोखरा ८ सिमलचौरमा बस्दै आएका थिए । ४२ वर्षीय क्षेत्री भने बेरोजगार हुन् ।

    उनीहरूले पोखरा लामाचौरस्थित सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाश दीप गैरेसँग ५ करोड फिरौती मागेका थिए । उनीहरूले गैरेलाई फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । उनीहरूले हिन्दी भाषामा कुरा गर्ने गर्दथे ।

    उनीहरूको साथबाट उपन्यास, भारतीय सिम, एनसेल र नमस्तेको सिम, गाँजा ५ सय ७२ ग्रामलगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । उनीहरूमाथि लागुऔषध, हातहतियार र आपराधिक लाभसम्बन्धी तीनवटा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं