SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/४ गते
    २६३ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत:- स्याङ्जा ।
    स्याङ्जाको फेदीखोला गाउँपालिकामा USAID जल जंगल परियोजना अन्तर्गत जैविक विविधता संरक्षणमा महिला, दलित, जनजाति तथा सिमान्तकृत वर्गहरुको पहुंच, नियन्त्रण, लाभ बाँडफाड, जलवायु परिवर्तनको प्रभाव र जिविकोपार्जनको अवस्था लगाएतका विषयमा छलफल, अन्तरक्रिया तथा बैठक सम्पन्न भएको छ ।

    कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको ऐनमा समेटिएका मुख्य विषय प्रस्तुत गर्दै आफ्नो पालिका प्राकृतिक स्रोत व्यवस्थापनमा गम्भीरतापुर्वक लागेको बताउनुभयो । उहाँले ४६ सामुदायिक बन रहेको फेदीखोलामा भू–उपयोग योजना अनुसार पालिकाले जल, जंगल र वातावरणको क्षेत्रमा काम गरिएको दावी गर्नुभयो ।

    कार्यक्रममा फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङले जल, जंगल र प्राकृतिक स्रोत व्यवस्थापन गर्ने क्रममा केही कानुनी जटिलता देखिएपनि वातावरण संसक्षण र रोजगार सिर्जनामा पालिकाले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले जल र जंगल प्राणीजातीको जीवन भएकाले प्राकृतिक स्रोतसाधनको जथाभावी प्रयोग गर्न कसैले नहुने बताउनुभयो ।

    कार्यक्रममा USAID जल जंगल परियोजनाका चितवन अन्नपूर्ण भू–परिधिका टोली प्रमुख मानबहादुर विश्वकर्माले सहि ढंगबाट जल, जंगल र प्राकृतिक स्रोतको व्यवस्थापन र संरक्षण गर्नु सबै सचेत नागरिकको कर्तव्य भएको बताउनुभयो । उहाँले प्राकृतिक स्रोतमा ह्रास आउँदा सबैभन्दा धेरै मारमा महिला, दलित, जनजाति र सिमान्तकृत वर्गहरु पर्ने हुँदा समाजको सम्ुन्नतीका लागि पनि जल जंगलको संरक्षण र व्यवस्थापन अपरिहार्य भएकोमा जोड दिनुभयो ।

    कार्यक्रममा सामुदायिक बन संरक्षण समितिका तर्फबाट आँसु विश्वकर्माले आफुहरुले स्थानीय तहसंगको सहकार्यमा जल, जंगल र बातावरणको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले सरोकारवाला निकायलाई उद्यमशिलता र क्षमता अभिवृद्धिमा सघाउन आग्रह गर्दै आफुहरु रचनात्मक काम गर्न आतुर रहेको बताउनुभयो ।

    कार्यक्रममा USAID जल जंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत सुनिल कुमार चौधरीले ग्क्ब्क्ष्म् जल जंगलले गर्ने हरेक क्रियाकलापहरुमा महिला दलित तथा अन्य सिमान्तकृत वर्गहरुको समानुपातिक पहुँच, नियन्त्रण, लाभ बाँडफाडको सुनिश्चितलाई हुने गरि क्रियाकलापहरु संचालन गरिने बताउनुभयो । साथै फेकोफन सहजकर्ता कृष्ण ओझा, USAID जल जंगल परियोजनाका वरिष्ठ अधिकृत किरण न्यौपानले लगायतले अन्तरक्रिया, छलफल तथा वैठकमा सहजिकरण गर्नुभएको थियो ।

    कार्यक्रममा महिला तथा सिमान्तकृत वर्गहरुको सवाललाई ध्यानमा राखेर पाँच वटा समुहमा छलफल गरिएको थियो । यस्तै बन क्षेत्रको व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलश्रोत, जलवायु परिवर्तन लगाएतका विषयमा चर्चापरिर्चा भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं