SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/३ गते
    १२३५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरा तर्फ जाँदै गरेको ग २१ प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरी कुनादिका अन्दाजी २६ बर्षका सागर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

    जिल्ला ट्राफिक कार्यालय पर्वतले दिएको जानकारी अनुसार स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी पर्वत अस्पतालमा उपचारका लागि ल्याएको र उपचार हुन नसकेपछि प्रहरीकै साथमा पोखरा पठाएको हो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले अस्पतालमा पुर्‍याएपछि कार्कीलाई मृत घोषणा गरेको हो ।

    स्कुटरमा अझै अर्को व्यक्तिपनि सवार भएको आशंका गरिएपनि हाल सम्म पत्ता लाग्न नसकेको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । स्कुटरमा उपलब्ध लाइसेन्समा रहेको सम्पर्क नम्बरमा कुरा गर्दा खसी खोज्नका लागि कुश्मा तर्फ गएको भन्ने बुझिएको छ । प्रहरीले सडक सुरक्षाका लागि राखिएका सिसिक्यामराको सहायता लिएर खोजि गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं