SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/१२ गते
    ५६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्र फाल्न भन्दै आन्दोलन सुरु गरेको आज छ दिन भयो । प्रसाईँले पहिलो दिनको कार्यक्रम बल्खुमा गरे । दोस्रो दिन उनलाई सुरक्षा संवेदनशीलताको कारण देखाउँदै प्रहरीले घर बाहिर निस्कन दिएन । त्यस्तै, तेस्रो दिन उनले सिफलको चौरमा कार्यक्रम गरे ।

    हिजो (मंसिर ११ गते) प्रसाईँले गौशलामा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा उनलाई साधु, सन्तले साथ दिए । विवादित धर्मगुरु श्रीनिवासले उक्त प्रदर्शनमा आक्रामक अभिव्यक्ति दिएर भीडलाई उत्तेजित बनाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले प्रसाईँका समर्थकलाई दिन प्रतिदिन नियन्त्रणमा लिइरहेको छ । उनको आन्दोलनमा सहभागी हुनेहरुको संख्या दिन प्रतिदिन घट्दो क्रममा छ ।

    आज (मंगलबार) आन्दोलनका लागि प्रदर्शनकारीसहित गौशलातर्फ आउन लागेका प्रसाई र उनका समर्थकहरुलाई प्रहरीले पेप्सिकोलाबाटै फर्काइदिएको छ ।प्रदर्शनका लागि आफ्नो निवास ठिमीबाट तीनवटा गाडीमा प्रदर्शनकारीसहित लिएर निस्केका प्रसाईँलाई पेप्सिकोलास्थित मनोहरा पुलमा प्रहरीले रोकेको थियो । त्यहाँ केही क्षण विवादसमेत भएको थियो । प्रहरीको अवरोधपछि प्रदर्शनकारी र प्रसाईँ निवासतर्फनै फर्किएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं