SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२६ गते
    २४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सरकारद्वारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले समस्याग्रस्त सहकारी, तिनका सञ्चालक तथा कर्मचारीको सम्पत्ति तथा सहकारीको स्रोत प्रयोग गरी सिर्जित अन्य व्यक्तिका नामको सम्पत्तिसमेत जफत गरी निक्षेपकर्ताको निक्षेप फिर्ता गराउनुपर्ने सिफारिस गरेको छ ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको प्रतिवेदनमा यस्तो सुझाव प्रस्तुत गरिएको हो ।कार्यदलले बचतकर्ताले माग गरेअनुसारको बचत २०८० चैत्र मसान्तभित्र फिर्ता गरिसक्नुपर्ने सिफारिससमेत गरेको सहकारी विभागले जनाएको छ ।

    यस्तै समस्याग्रस्ततर्फ उन्मुख सहकारी संस्थाका सञ्चालक, पदाधिकारी संलग्न जिम्मेवार कर्मचारीको चलअचल सम्पत्ति रोक्का गर्न, वैदेशिक भ्रमण रोक्का गर्नेसम्मका कारबाही गर्न सिफारिस गरिएको पनि विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै अल्पकालीन तथा दीर्घकालीन सुझावअन्तर्गत सहकारी सम्बन्धी कानुन तथा संरचनागत प्रबन्धमा पुनरवलोकन गर्ने तथा निश्चित परिमाण भन्दा माथिका वित्तीय कारोबार भएका सहकारीलाई अनुगमन तथा सुरपरिवेक्षण गरी कारवाहीका दायरामा ल्याउन छुट्टै स्वायत्त सहकारी अनुगमन तथा सुपरिवेक्षण निकाय गठन गर्न पनि सुझाव दिइएको छ ।सुझाव कार्यान्वयनका लागि तत्कालीन सुधार सुझाव कार्ययोजनासमेत प्रस्तुत गरिएको छ । त्यस्तै अल्पकालीन तथा दीर्घकालीन सुझाव कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना बनाई लागु गर्न सुझाइएको छ ।

    यसका साथै तरलता समस्या रहेका सहकारीलाई सरकारले राष्ट्रिय सहकारी बैंकमार्फत सफ्ट लोन दिनुपर्ने र बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्ने सुझाव पनि दिइएको कार्यदलका सदस्य मिनराज कँडेलले जानकारी दिए । सो कोषमा सरकारले ४० प्रतिशत लगानी गर्ने गरी कार्ययोजना प्रस्तुत गरिएको छ ।

    यस्तै सहकारीका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यलयलाई सक्रिय बनाउने विषय पनि प्रतिवेदनमा समेटिएको छ । गाउँपालिकाबाहेक बचत तथा ऋणको कारोबार गर्ने सहकारीको लाइसेन्स तत्कालका लागि रोक्न पनि सिफारिस गरिएको छ ।सरकारले २६ वैशाख २०८० मा सहकारी क्षेत्रका तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्या समाधानका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले यसअघि प्रारम्भिक प्रतिवेदन पेश गरेकोमा अहिले अन्तिम प्रतिवेदन पेश गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं