SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२३ गते
    ३६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार रहेका छन् । ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो भन्दा केही बढी भएको खुलेको थियो ।

    सीआईबीले यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । यही हप्ताभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउने सीआईबीको तयारी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं