SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/९ गते
    ३४२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । झापा-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले यसै क्षेत्रबाट निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले प्रदेशसभा सदस्यमा निर्वाचितहरुलाई बधाई दिएका छन् । उनले मतदातालाई पनि धन्यवाद दिएका छन् । चुनावमा हार जित हुने भन्दै उनले झापा-३ का जनताको र देशको सेवा गर्न चुनावको नतिजाले नरोक्ने बताएका छन् ।

    अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७ हजार ३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो । यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको छ’ उनले भनेका छन् ।

    हेर्नुहोस् सिटौलाको स्टाटस

    झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित राजेन्द्रप्रसाद लिङ्देन एवं प्रदेश सभामा निर्वाचित भुमिप्रसाद राजवंशी र छबिलाल चुडाललाई म बधाई एवं शुभकामना व्यक्त गर्दछु । नेपालीहरुको चाहना बमोजिम देश विकासमा लाग्न तपाईंहरुलाई सधैं प्रेरणा मिलिरहोस्।

    निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरुलाई म धन्यवाद दिन चाहन्छु । तपाईंहरुको यो सहभागिता नै लोकतन्त्रको बलियो आधार हो ।

    चुनावमा हार जित त हुन्छ नै । तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई कुनै चुनावको नतिजाले रोकेको थिएन, र भविष्यमा पनि रोक्ने छैन । अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७ हजार ३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो । यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको छ ।

    चुनावी अभियानमा हामीलाई सक्रिय सहयोग गर्नुहुने सबै साथीहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु । लोकतन्त्र र गणतन्त्र प्रतिको तपाईंहरुको आस्था र तपाईंहरुको उत्साह र कर्मशीलताले मलाई नेपालको भविष्य सुदृढ र समृद्ध छ भन्ने कुरामा पुनः विश्वास दिलाएको छ । चुनावको नतिजाले नआत्तिनुहोस् । देश सेवामा म सधैं तपाईंहरुको साथमै हुनेछु।

    निर्वाचनलाई सफल बनाउन खट्नुभएका निर्वाचन अधिकृत एवं सम्पूर्ण कर्मचारी, स्वयम् सेवक र सुरक्षाकर्मीहरुलाई म धन्यवाद दिन चाहन्छु। निर्वाचनमा जनताले निर्धक्क भएर आफ्नो मत खसाल्न पाउनु लोकतन्त्रको निम्ति अपरिहार्य हो। यसमा तपाईंहरुको योगदान प्रशंसनिय छ।

    जय नेपाल

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं