SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२९ गते
    १०४१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उनकी तीन बर्षिया छोरी निकिता विकको ज्यान गएको हो । मृतक बालिकाको शब पहिरोग्रस्त क्षेत्रबाट निकालिएको थियो ।

    पहिरोमा पुरिएर नविन विककी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाईते भएका छन् । घर पुरिँदा घाईते भएकाहरुको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरिएको थियो ।

    पहिरोले पुरिएर उनको घरमा पालिएका दुई भैसी र एवटा गोरु समेत पुरिएको छ । विहान चार वजेको समयमा पहिरो आएर घर पुरेको थियो । पहिरो गएको स्थानमा आजै प्रतिनिधि सभाका सांसद पदम गिरीले निरिक्षण गरेका छन् । सांसद गिरी सहित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतृत्वको समूहले मृतक बालिकाको परिवारलाई भेट गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । पहिरो ग्रस्त क्षेत्रको निरिक्षण गर्दै सांसद गिरीले प्राकृतिक विपत्तिले पुराएको क्षति प्रति दुःख ब्यक्त गरेका छन् ।

    सांसद गिरी सहितको टोलीले मुडिकुवाका विभिन्न वस्तीहरुमा गएको पहिरोको निरिक्षण गरेको थियो । उक्त कार्यक्रममा कम्युनिष्ट पार्टीका जिल्ला सचिव सुदीप कुवँर, प्रदेश कमिटि सदस्यहरु मेघनाथ सुवेदी, देवन्द्र पाण्डे, जिल्ला नेताहरु गोविन्द पहाडी, दिपक आचार्य, शंकर गिरी, इश्वर गिरी लगाएत सहभागी थिए । यस अघि अविरल बर्षातका कारण पर्वतको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं