SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२ गते
    १५७४ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । बिश्व नै यतिबेला कोरोना रोगको महामारीका कारण प्रताणीत भैरहेको छ । यस्तो अबस्थामा ब्यापारीहरु यसैपनि कारोवार नभएको मारमा परिरहेका छन् । यहि अबस्थामा पनि देशको मायाले सधैभर अग्रसर हुने ब्यावासायी तथा सामाजीक ब्यक्ती हुन रवीजंग लामिछाने ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पर्वत जिल्लाको तिलाहारमा जन्मिएका रवीजंग लामिछाने बेलायतमा व्यवसायरत छन् । उनले नेपालका धार्मिक सांस्कृतिक काममा मात्रै होईन सरकारलाई अप्ठारो परेको बेला अथवा देशमा कुनै प्राकृतिक बिपत्ती भएको बेलामा पनि आफ्नो मनकारी मनले देशको सेवा गरिहरको हुन्छन् । यस्तै सरकारको कोरोना राहत कोषमा १५ लाख सहयोग गरेका छन्। कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको कोषमा लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका हुन्।

    उक्त सहयोग रकमको चेक सोमबार रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उनका दाजु महेन्द्रजंग लामिछानेले प्राध्यापक डा. खड्ग केसी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष महन्त श्रेष्ठलगायतले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरे।

    कार्यक्रममा लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्र समेत हस्तान्तरण गरियो। उक्त पत्रमा लामिछानेले विपदको समयमा आफुले सहयोग गर्दै आइरहेको उल्लेख छ। उनले यस अघि सिन्धुपाल्चोकको जुरे पहिरो पीडितलाई ३ लाख ५१ हजार, ७२ को भूकम्पको समयमा ५१ लाख रुपैयाँ सहयोग गरेका थिए।

    सहयोग बुझ्दै उपप्रधानमन्त्री पोखरेलले लामिछानेले विभिन्न समयमा सहयोगि हात बढाएको स्मरण गरे। उनले कोरोना नियन्त्रणका लागि सरकारका कामले मात्र नभइ नागरिक पनि सचेत रहनु पर्ने बताए। उनले सीमित स्रोत साधान हुँदा हुँदै पनि देशभर ४० वटा परीक्षण ल्याब बनाउन सफल भएको बताए।

    कोरोनाका नाममा कुनै पनि अनियमितता नभएको बताउँदै उनले सबै खर्च पारदर्शि भएको बताए। ‘सबै खर्च हेर्न सकिन्छ’, उनले भने, ‘खर्चको विवरण राख्ने र परीक्षण गर्ने संस्थाहरु पनि छन्। महालेखाले पनि लेखापरीक्षण गर्छ।’ उनले पीसीआर परीक्षणमा नयाँ मोडालिटी लिने पनि बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं