SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/९ गते
    २५०३ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु। एनएमबि बैंक लि. जितपुर शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका द्वारा स्थापना गरिएको राहत कोषमा करिब ६३ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारी र बाणगंगा नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालको उपस्थितिमा बैंकले उक्त खाद्य सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    देश कोरोना भाइरस (Covid-19) बाट आक्रान्त बन्दै गइरहेको र लामो समय देखिको लकडाउनको अवस्थामा दैनिक रूपमा मजदुरी गरेर आफ्नो छाक टार्नेहरूको दैनिकी सहज बनाउन यस प्रकारको सहयोग महत्त्वपूर्ण हुने नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालले बताउनु भयो ।

    एनएमबि बैंकले यस अघि प्रधानमन्त्री राहत कोषमा एक करोड एकाउन्न लाख रूपैयाँ नगद र सात वटै प्रदेशमा सय /सय थान ‘पिपिइ’ हस्तान्तरण गरिसकेको छ भने विभिन्न प्रदेशमा रहेका शाखाहरूले समेत शाखा रहेको नगर र पालिकाहरूमा सहयोग गर्दै आइरहेका छन् ।

    बैंकले कपिलवस्तु जिल्ला भित्र बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकाको राहत कोषमा यस अघि नै खाद्य सामाग्री हस्तान्तरण गरिसकेको एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारीले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं