SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१९ गते
    ५५८ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी को अध्यक्षता मा मंगलवार का दिन बसेको बैठेकले अल्पसंख्यक मुस्लिम समुदाय को चाड पर्वमा विदा कटौती प्रति बिरोध गरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाल सरकार ले हाल मै राजपत्र मा गृहमंत्रालय को सुचनानुसार विक्रम संम्बत २०७७ बैशाख १गते देखि चैत्र मसान्त सम्मा देशभरी का विदा को सूचना प्रति विरोध गर्दै नेपालमा रहेका अन्य अल्पसंख्यक समुदायको चाड पर्व हरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदाय का चाड पर्व हरु मा सार्वजनिक विदा नगरि नेपाल सरकार ले अल्पसंख्यक मुस्लिम समुदाय प्रति सवतेला व्यवहार गरेको
    संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हाे नेपालमा मुस्लिमकाे राष्ट्रिय रूपमा एउटा पृथक पहिचान कायम भएकाे ।

    ५ नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताउदै भनेकि दशैं, दिपावली जस्तै ईद (ईदुल फित्र, ईदुल अज्हा र मोहम्मद डे स.अ) नेपालकै लाखाैं मुस्लिम समुदायले मनाउने चाड हाे ईद, बक्रईदहरू नेपालकाे राष्ट्रिय चाड किन नहुने गुनासो पोक्दै समूहिक प्रेस व्यक्ति समेत जारी गरेका छन। प्रेस विज्ञप्ति मा नेपाल सरकार द्वारा प्रकाशित राजपत्रमा गृह मन्त्रालयको सुचना अनुसार विक्रम सम्वत् २०७७ बैशाख १गतेदेखि चैत्र मसान्तसम्म देशभरिका बिदाको सूचनामा इस्लाम धर्मावलम्बीहरूको बिदालाई सार्वजनिक बिदामा समावेश नगरी सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा खण्ड ६९ संख्या ५१ राजपत्र भाग ५ मा प्रकाशित भए अनुसार इस्लाम धर्म मान्ने मुस्लिम समुदायका अगुवाहरुद्वारा दु:ख व्यक्त गर्दै यसलाई तत्काल सच्याई सार्वजनिक विदामा समावेश गर्न माग गरिएको छ। इस्लाम धर्मावलम्बीहरूको ३ वटा विदा : क) ईद (इदुल फित्र), ख) बकर ईद(इदुल अजहा), ग) मोहम्मद डे(स.अ.) का दिन समेत सार्वजनिक विदा दिना सरकारसँग जोड्दार माग गर्दछौं।भन्ने कुरा उल्लेख गरेका छन। उक्त प्रेशर विज्ञ्पतीमा सेराज फारुकी संयोजक:-मुस्लिम संगठन नेपाल, (नेकपा केन्द्रीय सदस्य) किफायतुल्ला खान-केन्द्रीय समिती सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी, मिर्जा अरसद बेग- नेकपा ५नं प्रदेश समिती सदस्य, जावेद आलम अध्यक्ष कृष्णनगर नगर समिती नेकपा,नसरुल्लाह खां-अध्यक्ष:-अहले सुन्नत नाईमिया नेपाल, शैख जैस मक्की-उपाध्यक्ष:-राष्ट्रीय मदरसा संघ नेपाल, जाहिद आजाद-अध्यक्ष :-अन्जुमन ईरतेकाऐ उर्दु अदब, अब्दुल अजीम मदनी-अध्यक्ष:-तौहीद सेन्टर, नियाज अहमद, अनवार अहमद हासमी-सल्लाहकार:-राष्ट्रीय मदरसा संघ नेपाल, जामिया इस्लामिया नाइमिया कृष्णनगरका कार्यवाहक अध्यक्ष अब्दुल कलाम खां लगायत को हस्ताक्षर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं