SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/४ गते
    १६४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं– अमेरिकी सरकारको वार्षिक सुरक्षा प्रतिवेदन होस् या अन्तर्राष्ट्रिय अप’राधी चार्ल्स शोभराजको ‘नेपालको विमानस्थलबाट हात्ती नै पास गराउन सक्छु।’ भन्ने भनाइले होस्, नेपालको विमानस्थलको सुरक्षा सँधै शं’कामा पर्छ। भारतीय विमान अपह’रणमा परेदेखि त झन् शं’का बढायो नै।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तर सुरक्षा प्रबन्ध कसिलो पारेर अन्तर्राष्ट्रिय समुदायको शं’का निवारण गर्नुको साटो नेपालकै सुरक्षा संगठनका सदस्य थप शं’का बढाउन सक्रिय देखिए। यस्तै घटना भयो शुक्रबार। गायिका आस्था राउतले विमानस्थलको सुरक्षामा खटिएकी महिला प्रहरीले दु’र्व्य’वहार गरेको भन्दै सार्वजनिक गरेको भिडियोको ‘काउन्टर’ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा जाँच भइरहेको भिडियो क्लिप नै सार्वजनिक भयो।

    यो भिडियो आन्तरिक टर्मिनलतर्फको हो। तर यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैतिरको सुरक्षा निगरानीका लागि राखिएको क्लोज सर्किट टेलिभिजनको दृष्य सुरक्षित छैन भन्ने पुष्टि भयो। सार्वजनिक भएको उक्त भिडियोमा जाँचका क्रममा गायिका राउत र एक महिला प्रहरी (रमिता श्रेष्ठ) बीच भनाभन भएको दृश्य देखिन्छ। जसरी फुटेज बाहिरियो, यसले राउतको दाबीलाई काउन्टर दिन चो’र बाटोबाट लिक गराइएको प्रष्टै हुन्छ।

    कसले गर्‍यो यति ठूलो बद’मासी?
    यसबारे विमानस्थलको सुरक्षामा खटिएका एसएसपी रामकृपाल शाहका अनुसार गायिका राउतले प्रहरीलाई आरोप लगाएपछि विमानस्थल प्रहरीले फुटेज हेरेको थियो।फुटेजमा प्रहरीको गल्ती नदेखेपछि महानगरीय आयुक्त कार्यालयमा पठाइएको थियो। ‘तालुक कार्यालय मेट्रोमा हाम्रो गल्ती छैन है भन्दै हामीले सिसी टिभी फुटेज, महिला प्रहरी प्रहरीको जाहेरी पठाएका थियौं,’ उनले भने, ‘त्यसभन्दा बढी कसरी बाहिरियो हामीलाई थाहा भएन।’

    आयुक्त कार्यालयबाट फुटेज बाहिरिएको हो त? यसबारे जानकारीका लागि महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीसँग सम्पर्क गर्न खोज्दा सम्भव भएन। उनको मोबाइल बन्द थियो।प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीको दाबी सत्य हो भने केन्द्रलाई फुटेज बाहिरिएको बारे जानकारी नै छैन। ‘प्रहरीले फर्मल्ली यस्तो फुटेज सार्वजनिक गरेको छैन। यसबारे विमानस्थल र मेट्रो प्रहरी जानकार हुनुपर्ने हो।’ प्रवक्ता क्षेत्रीले दाबी गरे।

    कसरी बाहिरियो फुटेज?
    नेपाललाइभको सोधखोजमा सो फुटेज प्रहरीबाटै बाहिरिएको देखियो। गायिका राउतले प्रहरीलाई गाली गर्दै गरेको फेसबुक लाइभपछि पक्ष र विपक्षमा बहस भएपछि माहौल आफ्नो पक्षमा पार्न प्रहरीले नै अनौपचारिक रुपमा फुटेज वितरण गरेको हो। फुटेज चो’र बाटोबाट लिक गराउनेबारे प्रधान कार्यालयका वरिष्ठ प्रहरी अधिकृत पनि जानकार थिए।सल्लाहअनुसार नै फुटेज बाहिरिँदा सुरक्षा सं’वेदनशीलताबारे प्रश्न उठेपछि जिम्मेवार प्रहरीहरु नै तैं चुप मैं चुप बनेका छन्। फुटेज बाहिरिएको बारे छानबिन हुन्छ त? प्रवक्ता क्षेत्री भन्छन्‚ ‘यस विषयमा अहिलेसम्म कुनै औपचारिक छलफल भएको छैन।’स्रोत–नेपाल लाइभ

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं