SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१९ गते
    ७५७ &#२३४६;&#२३३५;&#२३२५;

    जनकपुरधाम, । महंगी बढ्यो। उद्योगीले चिनीको भाउ सोचेजस्तै पाउँछन्। छुवा, बकासले चिनी मिल मालिकले थप आम्दानी गर्छ। महंगीले उखु खेतीमा लगानी थपियो। तर, किसानले भने उखुको मूल्य लगानी अनुसारले पाउँदैनन्।

    तीन वर्षअघिकै मूल्यमा यतिखेर किसान चिनी मिललाई उखु बुझाउन बाध्य छन्। यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ। यो मूल्य तीन वर्ष अघिकै मूल्य हो।उखु बालीलाई सरकारले नगदे खेती सूचीमा राखेको छ। उद्योगीले उखु लिएर किसानलाई २ वर्षसम्म भुक्तानी दिँदैनन्। आफ्नै उत्पादनको मूल्य लिन किसानले आन्दोलन गर्नुपरेको किसानको गुनासो छ।

    ‘ऋणमै किसानले उखु उब्जाउँछन्। कर्जा काढेर त्यसको गोडमेल गर्छन्। फेरि ऋणकै भारी बोकी कटानी र ढुवानी गर्छन् तर उधारोमै बिक्री गर्नु परिरहेको छ’, उखु उत्पादक कृषक संघ रामनगर महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने।कुशवाहाका अनुसार दुःखद् कुरो त बेचेको उखुको भुक्तानी नपाउनु हो जसले गर्दा किसान ऋणकै भारीले चेपिन्छ। बजारमा चिनीको मूल्य दिनहुँ बढ्दो क्रममा छ। तर त्यही चिनीको मूलस्रोत उखुवापत किसानले पाउने मूल्य भने तीन वर्षदेखि ज्यूँको त्यूँ छ।

    २०६३ सालदेखि उखुमा लगानी बढ्न थालेको थियो। तर उखुको भाउ उकालो लाग्नुको सट्टा ओरालो लाग्दै गयो। उखु उब्जाउने किसान र मूल्य तोक्ने मिल मालिकको प्रवृत्तिले उखु खेतीबाट किसान आजित भइसकेका छन्।उखुको सही मूल्य नपाउँदा तराईका २२ जिल्लाका हजारौं उखुकिसान ऋणमा डुब्दै आएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं