SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१४ गते
    १३७ &#२३४६;&#२३३५;&#२३२५;

    सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु ।’

    सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले अहिले नै नेतृत्व हस्तान्तरण उपयुक्त नहुने बताए । अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै उनले पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको बताए । ‘अध्यक्ष भन्ने पद मेरालागि त्यति ठूलो छैन,’ उनले भने, ‘संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन ।’

    उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए । ‘नेतृत्वको बारेमा जहिले पनि छलफल भइराख्छ । तर अहिले नै नेतृत्व हस्तान्तरणको कुरा त्यति उपयुक्त छैन,’ उनले भने ।

    उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रतिवेदनमा पनि अहिले नै अध्यक्ष छोडेर अर्को अध्यक्ष बनाउने नभनेको उनले बताए । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याइएको जिकिर गरे । पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको र भएका विवाद पनि समाधान भएको उनको दाबी छ ।

    एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै जनयुद्धलाई ‘हिंसा’ शब्द प्रयोग गर्नु जायज नभएको बताए । संविधानले विस्तृत शान्ति सम्झौतालाई नै संविधानकै अङ्ग बनाएकाले एमाले सांसदहरूले त्यसरी बोल्न नहुने उनले बताए ।

    ‘संविधानमै सशस्त्र युद्धको कुरा, जनयुद्धको कुरालाई, व्याख्यात्मक टिप्पणीमा ‘माओवादी जनयुद्ध’ भनेरै शब्द प्रयोग गरिएको छ । त्यसमा सबैको सहमति हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एक समय जसले हिंसा भनेर शब्द प्रयोग गर्नुभयो उहाँले त जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो ।’ उनले माओवादी केन्द्रको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्दा राम्रो हुने बताए ।

    भ्रष्टाचारलाई संरक्षण गर्नका लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी समेत दिए । ‘गलत गरे छोड्दैनौँ, यो विद्रोहको भाषा होइन’, उनले भने, ‘सदन र सडक दुवै ठाउँमा प्रतिकार गर्छौं ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं