SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/१० गते
    १५६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    समाजको उपाध्यक्षमा कुल्दीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्ण बहादुर थापा,, सहसचिवमा भरत थापा, सदस्यहरुमा बाबुराम थापा, सृजना सुवेदी, विष्णु वराल, दुर्गादेवि सुवेदी, राममाया कार्की, भिमा सुवेदी सिग्देल र शिवकुमारी तिवारी सुवेदी चयन भएका छन् ।

    कार्यक्रमका प्रमुुख अतिथि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सह–सचिव अजय कार्कीले कार्यक्रमको उद्घाटन गर्दै समाजले एकअर्कामा आपसी सहयोग आदान प्रदानमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेको हुन्छ भन्दै समाजका हरेक गतिविधिहरु निरन्तर संचालनको शुभकामना व्यक्त गरेका थिए ।

    सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २१ का वडाअध्यक्ष दिपक प्रसाद सुवेदी, कृस्ती पोखरा वचत तथा ऋण सहकारीका अध्यक्ष हस्तबहादुर थापा, समाजका संस्थापक अध्यक्ष श्रीबहादुर रानाभाट, सल्लाहकार झपिन्द्रराज रेग्मी, निवर्तमान अध्यक्ष पदम बहादुर थापा क्षेत्री, पोखरा महानगरपालिका सार्वजनिक लेखा समिति सभापति झपट बहादुर रानाभाटलगाएतले वोलेका थिए ।

    समाजकी अध्यक्ष मीना रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष उमानाथ सुवेदीले र संचालन सचिव पवित्रमणि भण्डारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रेमा शिक्षा दिवस समारोह

    हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिका शिक्षा,यूवा तथा खेलकोद शाखाले राष्ट्रि शिक्षा दिवस–२०८१ बिषेश समारोह बुधवार...

    उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

    अजय मिश्र,कपिलवस्तु। आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि...

    गण्डकी प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा...

    आचार्यलाई राष्ट्रिय शिक्षा पदक

    शिशिर, पोखरा ।पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले राष्ट्रिय शिक्षा पदक प्राप्त...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं