SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/१६ गते
    १५१ &#२३४६;&#२३३५;&#२३२५;

    अमेरिका । लामो समय देखि अमेरिकामा कार्यरत आर पाण्डेयले हालै गृहमन्त्री भएका रबि लामिछानेलाई बिना रोकतोक काम गर्न दिन अनुरोध गर्नु भएको छ।

    पाण्डेयले भन्नु भयो पुराना राजनैतिक पार्टीहरुले अहिले रबिको बाटो छेक्ने काम गर्नु हुदैन । उनी नया छन् बिस्तारै काम गर्दैछन् हेरौ न उनको काम पनि, नराम्रो भए जनताले भोली फालि हाल्ने समेत बताउनु भएको छ ।

    अहिले सहकारीको कुरा निकालेर रबिलाई फसाउन थालिएको बिषयमा पाण्डेयले भन्नु भयो यदि साच्चिकै रबि दोषी नै रहेछन् र अदालतले त्यो कुरा प्रमाणित गरेछ भने मैले आफै १ करोड मात्रै होईन २ करोण भए पनि तिरिदिन्छु । त्यसको लागि कसको खातामा हाल्न पर्ने हो, कहिले हाल्न पर्ने हो म हालिदिन्छु तर त्यसलाई अदालतले त पुष्टि गर्न पर्यो नि ?

    सहकारीले हावा तालमा रिणको कुरा निकालेका छन् केहि मानिसहरु कुरै नबुझी त्यसैको पछि दगुरेका छन् यदि साचो ठहरीय मै तिरिदिन्छु किन अरु बहस गर्नु पर्यो उहाले भन्नु भयो ।

    बाटो, चोकमा कसैले गफ गरेको आधारमा रबिलाई दोषी हो भन्न मिल्छ त ? पाण्डेयले भन्नु भयो, यस्ता चेक त सयौ हजारौ बनाएर जसको नाममा काटे पनि हुन्छ, त्यो चेक साटेर पैसा लग्यो कि लगेन, त्यो चेकमा पैसा छ कि छैन त्यो हेर्न समेत अनुरोध गर्नु भयो ।

    पाण्डेयले यो समय रबिलाई गाली होईन ताली दिएर काम गर्न दिने समय हो समेत भन्नु भएको छ । उनी नया छन् जनताले उनको काम हेर्न खोजेका छन् ।पुराना पार्टीहरुले अहिले जनतालाई बिस्वासमा लिन सक्दैनन् त्यसकारण रबिको काम हेर्नु पर्छ । गलत भए भोली जनताले सजाय दिने छन् । पत्तासाफ गर्नेछन् रबिको ।

    अन्यथा अनाबश्यक झमेलामा लागेर कसैलाई फसाउने काम नगरौ । जय पशुपती नाथले हामी सबै नेपालीको कल्याण गरुन, सबै मिलेर देश बचाउ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं