SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/४ गते
    ६०१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

    आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, ध्रुब दाहाल खत्री,प्रदीप अर्याल, बालकृष्ण पोखरेल गरी ४ जनाको उम्मेद्वारी परेको थियो । निर्वाचनबाट अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल निर्वाचित भए । श्रेष्ठले ५१ मत र अर्यालले २९ मत ल्याएर उपाध्यक्षमा चुनिए ।

    महासंघको वरिष्ठ उपाध्यक्षमा भने अच्युतराज खनाल सर्वसम्मत चयन भए । यस्तै सचिवमा केदार बानियाँ र धर्मराज पोखरेलले उम्मेद्वारी परेको थियो । जस्मा ३० मत प्राप्त गर्दै धर्मराज पोखरेल निर्वाचित हुँदा बानियाँको पक्षमा २४ मत परेको थियो । कोषाध्यक्षमा पनि दुईजनाको उम्मेदवारी परेकोमा पूर्णप्रसाद रेग्मीले ४३ पाएर विजयी हुँदा राजकुमार न्यौपानेको पक्षमा ११ मत मात्र परेको थियो ।

    महासंघको महासचिवमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भए । श्रेष्ठ यस अघि महासंघको सचिव थिए । उनी सामान ढुवानी व्यवसायी संघ काठमाडौंको अध्यक्ष समेत हुन् ।

    सह कोषाध्यक्ष पदमा टेकराज पोखरेल सन्तोष पनि सर्वसम्मत भए । पोख्रेल यस अघि कार्यसमिति सदस्य थिए । छैटौं महाधिवेशनले सात प्रदेशमा प्रदेश संयोजकहरु समेत सर्वसम्मत रुपमा चयन गरेको छ । निर्वाचित प्रदेश संयोजकहरुमा भोला पौडेल, कृष्णप्रसाद ढुंगेल ,सृजना तिमिल्सिना, सोमप्रसाद भट्टराई , दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाल रहेका छन ।

    साथै ९ जना कार्यसमिति सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन । जसमा दिलिप अर्याल ,सन्तोषकुमार कार्की, चिरञ्जीवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल , नीलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल रहेका छन ।

    ‘राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नारालाई आत्मसाथ गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको साझा समस्याहरु समाधानका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघमा १८ वटा स्थानीय संस्थाहरु समेत आवद्ध रहेका छन् । निर्वाचित नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।

    निर्वाचित भएसंगै अध्यक्ष नेपालले ढुवानी क्षेत्रका साझा मुद्दाहरुमा अन्य यातायात महासंघ तथा संघहरुसँंग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारसँगको माग र मुद्दामा पनि गम्भीर बनेर अघि बढ्ने उनको कथन थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं