SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/३ गते
    १४१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ । गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिने भएको हो । मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासंघ कास्की अध्यक्ष विमला

    भण्डारीले जानकारी दिइन् । प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ पत्रकार दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिने महासंघ कास्की सचिव माधव बरालले जानकारी दिए । छनोट समितिले सिफारिस गरेको सबै जनाको नाम महासंघ कास्कीको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको हो । उनीहरुलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने उनले बताए । यो सम्मान आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिईन् ।

    यस्तै महासंघ कास्कीको शुक्रबार कै बैठकले पोखरा पत्रकारिता सम्मानका लागि छनोट समितिले सिफारिस गरेको पत्रकार गंगाधर पराजुली र स्व. गजेन्द्र भण्डारीका परिवारको नाम अनुमोदन गरेको छ । पोखरा पत्रकारिता सम्मान २०७९ बाट पत्रकार गंगाधर पराजुली सम्मानित हुने भएका छन् । पत्रकार पराजुलीलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् । सोही सम्मान २०८० मा संस्थागत तर्फबाट गजेन्द्र भण्डारीका परिवार अर्पण गरिने भएको छ ।

    नेपाल पत्रकार महासंघ कास्कीमा पत्रकार पुरस्कारका लागि सबैभन्दा पहिला अक्षयकोष स्थापना गरिदिने स्व. भण्डारीको परिवार (सरस्वती÷राजु भण्डारी) लाई सम्मानपत्रले सम्मान गरिने महासंघले जानकारी दिएको छ । पोखरा पत्रकारिता सम्मान नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा चैत १६ गते अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं