SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२ गते
    १४४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले स्थापनाको १३ वर्ष पुरा भई १४ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले एक कार्यक्रमको आयोजना गरि यो दिवसलाई मनाएको छ । सोहि समारोहमा रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई मेडल सहित दिर्घ सेवा सम्मान प्रदान गरियो । सम्मानित सुमित्रा परियार र कृष्णबहादुर थापाले १० वर्ष तथा रजनी गुरुङ, कुसल गुरुङ, अमर रावल र मुक्ति पाध्याले विगत ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आउनुभएको छ ।

    कार्यक्रममा रिसोर्टमा कार्यरत कर्मचारी कलाकारहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मानित गरियो । रिसोर्टका प्रवन्ध निर्देशक चन्दनकृष्ण श्रेष्ठ, निर्देशक प्रेम श्रेष्ठ, रञ्जनकृष्ण श्रेष्ठ, जिन्ना जिन्टीलि लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै उनीहरुलाई सम्मान गर्नुभएको हो । रिसोर्टमा १ सय ३ जना कर्मचारी कार्यरत छन् ।

    रिसोर्टका अध्यक्ष बसन्त गौतमले रिसोर्टले आफ्ना पाहुनाहरुलाई प्रदान गरेको सेवा, कर्मचारीहरुको मेहनत, सञ्चालकहरुको लगाव, धैर्यता तथा रिसोर्टका आफ्नैं विशेषताका कारण पनि टेम्पल ट्री रिसोर्ट स्थापना कालदेखि आजसम्म पनि सफल रिसोर्टका रुपमा पहिचान बनाउन सफल भएको बताउनुभयो । रिसोर्टका मानव संसाधन विभाग प्रमुख रामकृष्ण कँडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । रिसोर्टले वार्षिकोत्सवकै अवसरमा पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा आर्थिक तथा खाद्यान्न सहयोग गरेको थियो ।

    फेवाताल नजिकैको बुटिक रिसोर्टमा डिलक्स, सुपर डिलक्स, जुनियर स्विट र एक्जुकेटिभ स्विट विशेषताका ६८ वटा कोठाहरु रहेका छन् । रिसोर्टमा स्विमिङ पुल, ज्याकोजी, जिम, फिटनेस सेण्टर लगायतका सुविधाहरु छन् । परम्परागत गाउँले शैली झल्कने रिसोर्टका प्रत्यक कोठामा छुट्टाछुट्टै बल्कोनी रहेका छन् । बजारको विच भागमा रहेर पनि रिसोर्ट भित्रको शान्त वातावरण, सुन्दर बगैचा पाहुनाहरुको रोजाइमा पर्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं