SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२४ गते
    २७० &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा आज दशौ दिन भएको महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता अन्तर्गत आजको पहिलो सेमिफाइनल खेल कुश्मा नगरपालिका र फलेबास नगरपालिका, बीच भएको थियो । उक्त खेल कुश्मा नगरपालिकाले ३-१ को रोमान्चक सेटमा बाजी मार्यो । खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । सेमिफाइनल बेस्ट अफ फाईपमा खेलाईएको खेलमा कुश्मा नगरपालिकाले पहिलो सेट २५-१९ ले जित्यो भने दोस्रो सेट २५-२७ले जित निकाल्दै  फलेबास नगरपालिकाले खेलमा फर्कने संकेत देखायो। तेस्रो सेट फेरी कुश्मा नगरपालिकाले २५-२२ ले जित निकाल्दा चौथो सेट पनि २५-२३ ले जित निकाल्दै कुश्मा नगरपालिका फाईनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।

    अब कुश्मा नगरपालिकाले फाईनलमा गलकोट नगरपालिका र बिहादी गाउँपालिका बीचको बिजेता संग भिड्ने छ । नकआउट चरण मा खेलाएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,०२,२२२/ (दुईलाख दुईहजार दुईसय बाईस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,०१,१११/ (एकलाख एकहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ५०,१११/ (पचासहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) रहेको खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं