SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२४ गते
    १०८४ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालीफोर्निया ।

    बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि  बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको भावनासँग जोडिएको कार्यक्रम अप्रिल १३ र १४ गते हुने नेपाल परेड डे, अमेरिकामा हालसम्म कै ठुलो राशीको भलिवल प्रतियोगितालाई रुपमा सफल पार्न बिभिन्न समितिहरु चयन भएको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री) ले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनु भएको छ ।

    हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि आयोजना भएको नेपाल परेड डेको अबसरमा हुने भलिवल प्रतियोगिता यसपाली थप रोचक बनेको छ । प्रतियोगिता पुरस्कार राशीको कारण झनै चर्चामा छ । जसको प्रथम पुरस्कार १२ हजार अमेरिकी डलर, मेडल र प्रमाणपत्र हुनेछ । त्यस्तै दोस्रो पुरस्कार ७ हजार डलर, तेस्रो पुरस्कार ५ हजार डलर र चौथो पुरस्कार २ हजार डलरको हुनेछ ।

    अमेरिका राज्य भरीका सबैलाई आमन्त्रण गरिएको प्रतियोगिता भएको कारण पनि सबैको चासोको बिषय भएको पनि अध्यक्ष बिष्णु केसि(खत्री)ले बताउनु भएको छ । उहाका अनुसार हालसम्म कार्यक्रम सफल पार्न झण्डै ३० हजार अमेरिकी डलर संकलन समेत भै सकेको छ ।

    यस्तै एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरि ओझाले हामी सबै व्यक्ति र समुदायका सदस्यहरूलाई यो मेगा इभेन्टमा संयुक्त राज्य अमेरिकामा रहेका नेपाली-अमेरिकी समुदायको प्रतिनिधित्व गर्न सहयोग गर्न अनुरोध गरी खबर गरेको बताउनु भएको छ ।

    ओझाका अनुसार खेल तथा नेपाल परेड डे को धेरै कुराहरु सफल भएको र केहि कामहरु मात्रै बाकि रहेकोले अब कार्यक्रमलाई भब्य बनाउने तयारीमा जुटेको बताउनु भयो । त्यहि अनुसार अब सबै साथीहरुको जिम्बेवारी बाडफाड गरि काममा लाग्ने तयारी छ |

    साथै नेपाल परेड डे को मुख्य आयोजक संस्था नै रहेको आदिबासी जनजाति महासंघ  क्यालिफोर्निया अध्यक्ष प्रकाश लामाले सबैको हातेमालो नै यो कार्यक्रमको सफलता भएको बताउनु भएको छ।

    लामाका अनुसार यो कार्यक्रम सबै नेपाली भाषी र संस्कृतीसँग जोडिएको कार्यक्रम भएकोले आफ्नै ठानेर सबैले हातेमालो गर्नु पर्ने समय आएको सुचनाकेन्द्र डटकमलाई बताउनु भयो ।

    त्यस्तै गैर आवासिय नेपाली संघ क्यालीफोर्निया च्याप्टर उपाध्यक्ष बासु बुढा क्षेत्रीले सबैको सहयोगले आफुहरुलाई निकै हौसला बढाएको बताउनु भएको छ । क्षेत्रीका अनुसार कार्यक्रमले अमेरिकामा रहेका सबै नेपालीहरुमा नयाँ उत्साहा थपेको समेत बताउनु भयो ।

    यस्तो बनेको छ कार्यक्रम सफल पार्नको लागि गरिएको कार्य बाडफाड

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं